Comments Add Comment

क्रोएसियाका फवार्ड घर फर्काइए

काठमाडौं । क्रोएसियाले विश्वकप खेल्न रुस पुगेका फवार्ड निकोला कालिनिकलाई घर फर्काएको छ ।

शनिबार नाइजेरियालाई २–० ले हराएको खेलमा क्रोएसियाले कालिनिकलाई सब्सिच्युट खेलाडीका रुपमा मैदान पठाउन चाहेको थियो ।
तर, उनले अस्वीकार गरेपछि घर पठाइएको हो ।

एसी मिलानबाट व्यवसायिक फुटबल खेल्दै आएका उनले ढाडमा चोट देखाएर ब्राजिलविरुद्धको मैत्रिपूर्ण खेल पनि खेलेका थिएनन् । प्रशिक्षक जलाट्को डालिकले भने, मेरो खेलाडी फिट र खेलका लागि तयार हुनुपर्छ ।

उनका अनुसार कालिनिकले नाइजेरियाविरुद्धको खेलका क्रममा सब्सिच्युटका लागि वार्मअप पनि गरेका थिए । तर,एकाएक ढाडको चोट देखाउँदै मैदान प्रवेश गर्न मानेनन् ।

आइतबारको अभ्यास खेलमा पनि यही समस्या देखाएपछि आफूले कालिनिकलाई घर पठाएको प्रशिक्षक डालिकले बताए ।

अब क्रोएसियाको टिममा २२ खेलाडी मात्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment