Comments Add Comment

तेरियाले भनिन्–‘फिल्म खेल्ने कुरा झुटो हो’


भारतमा रहेकी तेरिया मगरले आफूले चलचित्र खेल्ने बिषयमा आइरहेको खबर झुटो भएको बताएकी छिन् । भारतका २ वटा चर्चित रियालिटी शो जितेपछि चर्चामा आएकी तेरियाले आफ्नो आधिकारिक फेसबुक मार्फत आजसम्म कुनै पनि चलचित्र साइन नगरेको पनि स्पष्ट पारेकी छिन् ।

उनले स्टाटसमा लेखेकी छिन्–‘म आजको दिनसम्म कुनै पनि चलचित्रका लागि अनुवन्धित भएको छैन । साथै म फिल्म खेल्ने तयारीमा पनि छैन ।’ तेरियाले झुटो समाचारले आफ्ना शुभचिन्तकहरुमा पलाएको उत्साह र निराशाप्रति क्षमा समेत मागेकी छिन् ।

तेरियाका डान्स गुरु सुजन विश्वकर्माको पहलमा उनले ‘मायाको मोल’ नामक चलचित्रमा काम गर्न लागेको खबर बाहिरिएको थियो । ‘पटुकी’का निर्माता म्याक टेन कालुले यो चलचित्र निर्देशन गर्ने कुरा थियो । यो बिषयमा हामीले सुजनसँग वुझ्दा उनले कुरा फाइनल भएको बताएका छन् । सुजनले भने–‘हो, हामीले तेरियालाई संझौता नै गरिसकेका छौ । उनले त्यस्तो किन लेखिन्, थाहा भएन ।’

तेरियाले चलचित्र खेल्ने कुरालाई निर्देशक कालुले पनि पक्का भनेका थिए । तर, तेरियाले स्टाटस लेख्दै चलचित्र खेल्ने कुरा झुटो बताएपछि कतै कालु र सुजनले तेरियाको नाम प्रयोग गरेर चर्चा खोजेका त होइनन् भन्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment