Comments Add Comment

अशिष्माको आँखामा को छ ?


नायिका अशिष्मा नकर्मी व्यापारी नविन प्रधानसँग बिहे गरेपछि घर सम्हाल्नमा नै व्यस्त छिन् । उनी, हनिमुनका लागि विदेश पनि पुगेकी थिइन् । बिहे गरेपछि अशिष्मा चलचित्र क्षेत्रमा नफर्किने वुझिएको छ । तर, उनले निर्माण गरेको नेपाल भाषाको चलचित्र भने रिलिज हुन नै बाँकी छ । यसैले पनि अशिष्मालाई चलचित्रको नशाले अझै पनि चटक्क छाड्ने भने छैन ।

अशिष्माले सामाजिक संजालमा राख्ने गरेका तस्बिरहरुले पनि उनको मनमा चलचित्रमा काम गर्ने मन अझै छ भन्ने देखिन्छ । अशिष्माले इन्टाग्राममा एउटा तस्बिर पोष्ट गर्दै लेखेकी छिन्–‘यो आँखामा तिमी छौ, यो मनमा तिमी छौ ।’
अशिष्माले उनको आँखा र मनमा को छन् भनेर खुलाएकी भने छैनन् । पक्कै पनि अशिष्माले आफ्ना श्रीमान्का लागि नै यो प्रेम भाव व्यक्त गरेको हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment