Comments Add Comment

वेनिशासँग रोमान्टिक लक्ष्मण श्री


गायक लक्ष्मण श्री मन छुने शब्द छनोट गरेर गीत गाउन खप्पिस छन् । उनै लक्ष्मण श्रीको आवाजमा ‘मनको घाउ निको पार्ने मलम हौ तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीत लक्ष्मण श्रीको नयाँ एल्बम ‘रचना’मा समावेश छ । बाग्लुङका सफल व्यवसायी समेत रहेका श्रीको आवाजमा समावेश यो गीतमा मिलन बस्नेतको शब्द र बीबी अनुरागीको संगीत छ । गीतकार मिलन नेपाल प्रहरीका पूर्व उपरिक्षक समेत हुन् ।

यो गीतको भिडियोलाई पनि आकर्षक बनाउन गायक श्रीले कुनै कसुर बाँकी राखेका छैनन् । भिडियोमा लक्ष्मण श्री र नायिका बेनिशा हमालको अभिनय छ । यसअघि श्रीका भिडियोमा नायिकाहरु करिश्मा मानन्धर, केकी अधिकारीले सम्म काम गरिसकेका छन् । श्री आफूले गुणस्तरियतामा ध्यान दिने बताउँछन् ।

श्रीले चलचित्र निर्माण गर्ने समेत तयारी गरेको बताएका छन् । यो भिडियोमा अर्जुन तिवारीको छायांकन, विकाश दाहालको सम्पादन छ । भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् । निर्देशक घिमिरे भिडियोमा फरक स्वाद खोज्न माहिर मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment