Comments Add Comment

फेसबुकले देखाउने छैन अब बच्चालाई बन्दुक

सोसल नेटवर्किङ साइट फेसबुकले आगामी जुन २१ देखि आफ्नो नीतिमा महत्वपूर्ण परिवर्तन गर्दैछ । अब फेसबुकमा बालबालिकाहरुले बन्दुक तथा त्यससँग सम्बन्धित वस्तुहरुका विज्ञापन देख्नु पर्नेछैन ।

अहिले फेसबुक प्रयोग गर्ने हरेक उमेरका व्यक्तिहरुले बन्दुकको स्कोप, होल्स्टर, बन्दुकमा प्रयोग हुने लाइट, स्लिंग्स, साइट्स, बेल्ट तथा सुरक्षा लगायतका विषयका विज्ञापन देख्न सक्दछन् । तर अब फेसबुकमा रहेका यस्ता विज्ञापन बालबालिकाहरुलाई देखाइने छैन ।

आफ्नो नीतिको नियमित समीक्षा पश्चात् यस्तो निर्णय गरिएको फेसबुकले जनाएको छ ।

उता प्रविधि सम्बन्धी वेबसाइट द भर्जले अमेरिकाका स्कुलहरुमा गोलाबारीका कैयन् घटनाहरु तथा अमेरिकामा भएका गोलीकाण्डका अन्य घटनाहरुलाई मध्यनजर गरी फेसबुकले यस्तो निर्णय लिएको दाबी गरेको छ ।

यद्यपि फेसबुकले भने आफ्नो नेटवर्कमा यसअघि नै हतियार, गोलाबारुद, विस्फोटक तथा यस्ता पत्रिकाहरुको बिक्रिमा यसअघि देखि नै रोक लगाइएको बताएको छ ।

पछिल्ला दिनहरुमा प्रयोगकताका डाटा चोरी भएको काण्डपछि फेसबुकले डाटा गोपनियताका लागि विभिन्न कदमहरु चाल्दै आएको छ ।

आगामी जुलाई २ देखि अब यदि कुनै विज्ञापनदाताले डाटा ब्रोकरको प्रयोग गरेको खण्डमा त्यसको जानकारी प्रयोगकर्तालाई दिइनेछ । डाटा ब्रोकर भनेका त्यस्ता कम्पनी हुन् जसले उपभोक्ताका डाटालाई एकत्रित गरी बिक्री गर्दछन् । यसबाट विज्ञापनदातालाई आफ्नो विज्ञापन लक्षित उपभोक्तासम्म पुराउन सहज हुन्छ ।

– बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment