Comments Add Comment

काभ्रेमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

फाइल फोटो

५ असार, काभ्रे । काभ्रेको पनौती नगरपालिका–१०, रेशम खेती नजिकै ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रेको बेथानचोक गाउँपालिकाका हकजित लामा छन् ।

खोपासीबाट पनौतीतर्फ आउँदै गरेको बा ४ ख ३५७० नम्बरको ट्रिपरले सोही दिशाबाट आइरहेको बा ९२ प ४२१६ को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनाबाट मोटरसाइकलमा सवार लामाको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल चालक सामान्य घाइते छन् । उनको बेनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, बनेपाका सुनिलजङ्ग शाहले बताए ।

ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment