Comments Add Comment

पत्रकार राजवंशीको निधन

५ असार, नेपालगञ्ज । नेपालगञ्जको सिंग्नेट कृष्णा होटलमा  सोमबार राति पत्रकार अनुपासिंह राजवंशीको निधन भएको छ ।

होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लडेकी पत्रकार राजवंशी स्थानीय नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले मृतक पत्रकार सिंहको शव आजै परीक्षण गर्न भेरी अञ्चल अस्पताल पठाएको छ भने घटनाबारे अनुसन्धान पनि शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले घटनाबारे अनुसन्धान भइरहेको र परीक्षणपछि पत्रकार राजवंशीको शव आफन्तलाई बुझाइने बताए ।

स्थानीय खजुरा गाउँपालिका निवासी २४ वर्षीया पत्रकार राजवंशी नेपालगञ्जस्थित बागेश्वरी केबल टेलिभिजन र बागेश्वरी एफ एममा समाचार वाचिकाको रूपमा काम गर्थिन । केही महिनाअघि मात्र उनले सोही होटलमा कार्यरत सञ्जय श्रेष्ठसँग विवाह गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment