Comments Add Comment

ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

५ असार, कैलाली । ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

श्रीमानश्रीमती सवार से१प ८३८ नम्बरको मोटरसाइकलाई म१प ३३८० नम्बरको टि्रपरले धनगढी उपमहानगरपालिका-४ भगवती टोलमा ठक्कर दिँदा धनगढी उपमहानगरपालिका-३ बोराडाँडीकी ४९ वर्षीय पार्वती अवस्थीको घटनास्थलमै मृत्यु भएको हो । उनका श्रीमान ५२ वर्षे हेमराज अवस्थी गम्भीर घाइते भएका छन् ।

घाइते अवस्थीको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

ठक्कर दिने चालक कपिल कुँवर र ट्रिपर जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment