Comments Add Comment

ग्राहक झुक्याएको आरोपमा एप्पललाई ५० लाख डलर जरिवाना

५ असार, काठमाडौं । अष्ट्रेलियाको एक अदालतले आइफोन निर्माता कम्पनी एप्पललाई पचास लाख अमेरिकी डलर (९० लाख अष्ट्रेलियन डलर) जरिवाना तिराउने फैसला गरेको छ ।

अष्ट्रेलियाको उपभोक्ता अनुगमन संस्थाले प्रयोगकर्ताबाट धेरै गुनासो आएपछि अमेरिकी टेक जायन्ट कम्पनीविरुद्ध अदालतमा मुद्दा हालेको थियो ।

एप्पलले बिग्रिएको आइफोन र आइप्याड बनाइदिनुपर्ने २७५ जना ग्राहकलाई झुक्याएकोे स्वीकारेको छ । अष्ट्रेलियाको फेडरल कोर्टले कम्पनीको यस्तो कार्यले उपभोक्ता अधिकारको हनन भएको ठहर गरेको छ । अनुसन्धान एप्पलको ‘एरर ५३’ पछि सुरु गरिएको थियो ।

यो त्रुटीको कारण प्रयोगकर्ताले सफ्टवेयर अपडेट गरेपछि धेरै आइफोन र आइप्याड नचल्ने भएका थिए ।

अष्ट्रेलियाको कम्पिटिसन एण्ड कन्जुमर कमिसन -एसीसीसी)ले भनेको छ, ‘जब प्रयोगकर्ताहरुले मर्मतको लागि कम्पनीमा आग्रह गर्थे एप्पलले उनीहरुको उपकरण तेस्रो पक्षले पहिले नै खोलेको भन्दै सहयोगको लागि अस्विकार गर्थ्यो  ।’

‘एप्पलबाहेक अरु कसैले आइफोन र आइप्याड बनाएको अवस्थामा उपभोक्ता ग्यारेन्टी लागू गर्न बन्द नहुने तथ्य अदालतले घोषणा गरेको छ’ कमिसनर साराह कोर्टले मंगलबार भनिन् ।

सन् २०१६ मा पनि यस्तै समस्या देखिँदा एप्पललाई ‘एरर ५३’ ले नचल्ने भएका आइफोन बनाइदिन र माफी माग्न बाध्य बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment