Comments Add Comment

रेस ३ को व्यापारमा एकाएक गिरावट

रिलिज भएको ३ दिनसम्म शानदार व्यापार गरेको बलिउड फिल्म ‘रेस ३’ चौंथो दिनमा भने खस्केको छ । समिक्षकहरुको आलोचना र खराब वर्ड अफ माउथले फिल्म ओरालो लागेको बताइन्छ ।

पहिलो दिन शुक्रबार यस फिल्मले २९.१७ करोड भारु कमाएको थियो । शनिबार र आइतबार फिल्मको व्यापार उच्च रह्यो । यी दुई दिनमा ३८.१४ र २९.१६ करोड भारु कमायो । यसरी तीन दिनमै १ सय ६ करोड कमाएको रेस ३ चौथो दिन सोमबार भने थच्चियो । सोमबारको ब्यापार १४.२४ करोड मात्रै छ ।

आगामी दिनमा व्यापार झन् ओरालो लाग्ने अनुमान विश्लेषकहरुले गरेका छन् । सय करोडको सिमा पार गरे पनि दुई सय करोड क्लवमा प्रवेश गर्न भने यस फिल्मलाई मुस्किल पर्ने देखिएको छ ।

फिल्मको ट्रेलर रिलिज भएलगत्तै सामाजिक सञ्जालमा ट्रोल सुरु भएको थियो । फिल्म रिलिज भएपछि पनि ट्रोल गर्ने क्रम जारी छ । सलमानका ठुलो फ्यान फलोइङले गर्दा शुरुका तीन दिन हलहरु भरिभराउ भए तापनि आम दर्शकलाई भने यो फिल्मले आकर्षित गर्न सकेन । फिल्मको स्क्रिप्ट अत्यधिक फितलो हुनुका साथै कलाकारको अभिनय पनि कमजोर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment