Comments Add Comment

रणवीरका लागि आमाले छान्छिन् स्क्रिप्ट, ‘सञ्जु’को क्लाइमेक्स नै फेर्न लगाइन्

 

बलिउड अभिनेता रणवीर कपुर बुवा ऋषि कपुरसँग अहिले पनि डराउँछन् । उनले एक अन्तर्वार्तामा बुवाको आँखामा हेरेर कहिल्यै कुरा गर्न नसक्ने बताएका थिए ।

उनले ठट्टा गर्दै भनेका थिए, ‘बुवाको आँखाको रंग कस्तो भन्ने पनि मलाई थाहा छैन ।’

तर, आमा नीतु कपुरसँग भने रणवीर एकदम नजिक छन् । उनी आफ्नो प्रोफेसनल लाइफका हरेक कुराहरु आमासँग सेयर गर्छन् । यतिसम्म कि आफूलाई अफर आउने हरेक फिल्मको स्क्रिप्ट पहिले आमालाई पढ्न दिन्छन् ।’

‘आमाले ओके गरेपछि मात्रै म फिल्म साइन गर्छु,’ रणवीरले भने ।

नीतुले कतिपय निर्माता-निर्देशकसँग छोराका लागि आफैंले डिल गर्ने गर्दिरहिछन् । यति मात्र होइन, कहिलेकाहीँ स्त्रिmप्ट नै बदल्न लगाउँछिन् ।

‘सञ्जु’को लागि अफर आउँदा रणवीरले आमालाई नै पहिले स्त्रिmप्ट पढ्न दिएका थिए । नीतुले स्क्रिप्ट त मन पराइन् तर फिल्मको क्लाइमेक्स उनलाई चित्त बुझेन । त्यसपछि उनी आफैंले निर्देशक राजकुमार हिरानीसँग भेटेर क्लाइमेक्स बदल्न सुझाव दिइन् । हिरानीले पनि यसलाई

अन्यथा नलिइकन नीतुले भनेजस्तै गरे । अनि बल्ल छोरालाई फिल्म खेलाउन नीतु तयार भएकी हुन् ।

यो कुराको खुलासा रणवीरले नै एक अन्तर्वार्तामा गरेका हुन् । उनले भने, ‘आमाले हस्तक्षेप नगर्नुभएको भए सञ्जुको क्लाइमेक्स अर्कै हुने थियो ।’

सञ्जुका बुवा ऋषि कपुर भने छोराको करिअरमा कुनै हस्तक्षेप गर्दैनन् । जबकी उनी आफ्नो जमानाका कहलिएका एक्टर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment