Comments Add Comment

‘रेश ३’को व्यापार ३ दिन आक्रामक, सोमबारदेखि सुस्तायो


रिलिज भएको ३ दिनमै सय करोड कमाएको बलिउड स्टार सलमान खानको चलचित्र ‘रेश ३’को व्यापार सोमबारबाट भने ओरालो लागेको छ । समिक्षकहरुको आलोचना र खराब वर्ड अफ माउथले फिल्म ओरालो लागेको बताइन्छ ।

पहिलो दिन शुक्रबार यस फिल्मले २९.१७ करोड भारु कमाएको थियो । शनिबार र आइतबार फिल्मको व्यापार उच्च रह्यो । यी दुई दिनमा ३८.१४ र ३९.१६ करोड भारु कमायो । यसरी तीन दिनमै १ सय ६ करोड कमाएको ‘रेस ३’ चौंथो दिन सोमबार भने थच्चियो । सोमबारको ब्यापार १४.२४ करोड मात्रै छ ।

आगामी दिनमा व्यापार झन् ओरालो लाग्ने अनुमान विश्लेषकहरुले गरेका छन् । सय करोडको सिमा पार गरे पनि दुई सय करोड क्लवमा प्रवेश गर्न भने यस चलचित्रलाई मुस्किल पर्ने देखिएको छ । फिल्मको ट्रेलर रिलिज भएलगत्तै सामाजिक सञ्जालमा ट्रोल सुरु भएको थियो । फिल्म रिलिज भएपछि पनि ट्रोल गर्ने क्रम जारी छ ।

सलमानको क्रेज, इदको बिदा, रेशको ब्रान्डका कारणले गर्दा ३ दिन उच्च बुकिङको फाइदा यो चलचित्रले उठाएको थियो । तर, सोमबारदेखि टिकटको रेट घट्नु, इदको बिदा सकिनुले पनि सलमानको चलचित्रको व्यापार ओरालो लागेको हो । गतबर्षको इदमा ‘ट्यूबलाइट’ जस्तो असफल चलचित्र दिएका सलमानको यो बर्षको इद पनि बक्स अफिसमा खासै सफल देखिएन । फिल्मको कथावस्तु अत्यधिक फितलो हुनुका साथै कलाकारको अभिनय पनि कमजोर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment