Comments Add Comment

बर्षालाई फेसनको रहर, सुरक्षालाई मत्तलब छैन


चलचित्र ‘भैरे’को ट्रेलर मंगलबार सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा यसका मुख्य २ नायिका पुगेका थिए । चलचित्रमा बर्षा सिवाकोटी र सुरक्षा पन्तलाई देख्न सकिन्छ । ट्रेलर सार्वजनिक कार्यक्रममा सुरक्षा र बर्षा दुबै पुगेका थिए ।

एउटै चलचित्रमा काम गरेका यी दुई नायिकाको पहिरन लगाउने स्टाइल भने विल्कुल फरक छ । सुरक्षा पेशाले इन्जिनियर हुन् । इन्जिनियर नायिकाको पहिरन सेन्स खासै गतिलो छैन । उनी, प्राय कार्यक्रममा विन्दास अवतारमा देखिन रुचाउँछिन् । सुरक्षाले चलचित्रका कार्यक्रममा लगाएका पहिरनहरु आजसम्म त्यस्तो संझनलायक छैनन् ।

यता, नायिका बर्षा सिवाकोटीमा पहिरनमा सजग हुनुपर्छ भन्ने सोच आएको धेरै भएको छैन । तर, जतिबेलादेखि उनी सजग हुन थालिन्, त्यसपछि चर्चामा छिन् । बर्षाले लगाएको पहेलको रङको पहिरन सामान्य खालको थियो । तर, उनी सुरक्षा भन्दा केही फरक देखिएकी थिइन् ।

बर्षाले एक कार्यक्रममा लगाएको पहिरनले खुबै चर्चा पाएको थियो । दुई नायिकाले पहिरनमा आफूलाई आफ्नै स्टाइलले उभ्याएका छन् । अब, चलचित्रमा भने कसले आफूलाई पावरफूल तरिकाले उभ्याएको छ, त्यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment