Comments Add Comment

रुसी धनाढ्यले पूरा गरिदिए बिरामी बच्चाहरुको विश्वकप हेेर्ने सपना


६ असार, काठमाडौं । विश्वभरका फुटबल समर्थकको सपना हुन्छ, रंगशालामा प्रत्यक्ष गएर विश्वकप हेर्ने ।

यस्तैमा गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका ३० बालबालिकाहरु विश्वकप हेर्ने सपना रुसी धनाढ्य रोमान एब्राहिमोभिच र एक दाताहरुको समूहले पूरा गरिदिएका छन् ।

यी रुसी अर्बपतिले इजरायलमा आधारित ‘फुलफिलिङ डि्रम्स’ नामक एक च्यारिटी संस्थाको लागि मोटो रकम दान गरेका हुन् । यस संस्थाले गम्भीर स्वास्थ्य समस्याबाट जुधिरहेका बालबालिकाहरुलाई प्रमुख फुटबल प्रतियोगिताहरु हेर्न लैजाने गर्छ ।

संस्थाका सीईओ गिलाड साल्टरले एब्राहिमोभिच र अन्य दाताहरुको सहयोगमा बच्चाहरुलाई इजरायलबाट रुस जान एक साताको लागि हवाइटिकट, होटल र खानाको लागि प्रबन्ध गर्न सफल भएको बताए ।

३० जना बालबालिकाहरुको साथमा उनीहरुको हेरविचारको लागि ३८ जना सहयोगीसमेत गरि ६८ जनाको समूह इजरायलबाट विश्वकप हेर्नको लागि रुस पुगेका हुन् ।

‘मैले मेरो जिन्दगीको सबैभन्दा रमाइलो समय बिताइरहेको छु’ सेरेब्रल पाल्सी नामको समस्यासँग जुधिरहेकी नौ वर्षीया पोलिना फेल्डम्यानले भनिन्, ‘म कहिल्यै पनि विदेश गएको थिइनँ र फुटबल त मेरो जिन्दगी हो ।’

बच्चाहरुले मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई हराएको खेल हेरे । त्यस्तै उनीहरुले मंगलबार पोल्याण्ड र सेनेगलबीचको खेलको साथै बुधबार पोर्चुगल र मोरक्कोबीचको खेल पनि हेर्नेछन् ।

इंग्लिस प्रिमियर लिग खेल्ने चेल्सी क्लबका मालिक एब्राहिमोभिचलाई उनको साथी तथा क्लबका पूर्व प्रशिक्षक अब्राम ग्रान्टले यो च्यारिटीको बारेमा बताएका थिए ।

एब्राहिमोभिचले यसअघि पनि सन् २०१४ को ब्राजिल विश्वकप र फ्रान्समा सन् २०१६ मा भएको युरोकपको लागि पनि ‘फुलफिलिङ ड्रिम्स’को लागि सहयोग गरेका थिए ।

त्यस्तै च्यारिटीले मस्कोको यहुदी समुदायबाट पनि सहयोग प्राप्त गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment