Comments Add Comment

कक्षा ११ र १२ मा यो वर्ष पुरानै पाठ्यक्रम

नयाँ पाठ्यक्रम केही विद्यालयमा परीक्षण गरेर अर्को वर्षदेखि लागू गरिने

६ असार, काठमाडौं । चौतर्फी आलोचना भएपछि कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम यो वर्ष पूर्णरुपमा लागू नहुने भएको छ ।

नयाँ पाठ्यक्रममा गणित र विज्ञान विषय अनिवार्य नबनाइएपछि आलोचना हुँदै आएको छ । त्यसैले राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषदले यस वर्ष पूर्णरुपमा नयाँ पाठ्यक्रम लागू नगर्ने निर्णय गरेको छ ।

परिषदका आमन्त्रित सदस्य एवम् राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि गौतमले भने, ‘यो वर्ष केही विद्यालयमा परीक्षण गरेर मात्अर र्को वर्षदेखि लागू गर्ने हुन्छ ।’

नयाँ पाठ्यक्रममा गणित र विज्ञानलाई एउटै समूहमा राखेर कुनै एउटा रोज्ने व्यवस्था थियो । यो व्यवस्थाबाट गणित र विज्ञान दुवै विषय पढ्न चाहनेले कुनै एउटा मात्र विषय पढ्नुपर्ने बाध्यता थियो । नयाँ पाठ्यक्रमको आलोचकहरुले गणितले तार्किक क्षमता वृद्धि गर्ने भएकाले यो विषयलाई पाठ्यक्रमबाट हटाइँदा अरु विषयहरुलाई पनि असर पर्ने तर्क गरेका थिए ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले नयाँ पाठ्यक्रम लागू गर्नुअघि परीक्षण गर्ने परम्परा रहेकाले सोहीअनुसार अगाडि बढ्ने बताए । उनका अनुसार सुरुमा विज्ञहरुसँग परामर्श गरेर नै गणित र विज्ञानलाई ऐच्छिक बनाइएको थियो तर, पछि आलोचना भयो ।

गणित समाजका अध्यक्ष प्रा. डा. टंकनाथ धमलाका अनुसार गणित र विज्ञान विषय अनिवार्य नगरिँदा दक्ष जनशक्ति उत्पादनमा वाधा पुग्ने छ । नयाँ पाठ्यक्रमले कक्षा ११ र १२ का करिब पाँच लाख विद्यार्थीहरुलाई ठूलो अन्याय हुने र विज्ञान तथा प्रविधिको विकासमा आघात पुग्ने उनको तर्क छ ।

यो पनि पढ्नुहोस्

कक्षा ११ र १२ मा गणित पढ्नै नपर्ने !

वाम सरकारलाई प्रश्न- गणितविनै समाजवादमा पुगिएला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment