Comments Add Comment

नेइमारको चोट बल्झियो, अभ्यास गर्न सकेनन्

६ असार, काठमाडौं । ब्राजिलियन स्टार फवार्ड नेइमार खुट्टाको चोट फेरि बल्भिmएको छ, जसका कारण उनले अभ्यास गर्न सकेनन् ।

मंगलबार अभ्यासका क्रममा पुरानै चोट बल्झिएपछि नेइमार फिजियोथेरापिस्टसँग गएका छन् । उनी त्यहाँबाट छिट्टै अभ्यासमा फर्कन टिमको विश्वास छ ।

पेरिस सेन्ट जर्मेनबाट खेल्ने क्रममा चोट लागेपछि उनको दायाँ खुट्टाको शल्यक्रिया गरिएको थियो । सिजनको अन्तिम खेलहरु गुमाएका उनी विश्वकप अघि मैदान फर्किएका थिए ।

विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डविरुद्ध पुरै ९० मिनेट खेले । तर, १-१ बराबरी भएको खेलका क्रममा नेइमारमाथि १० पटक फउल भएको थियो ।

२०१४ को विश्वकपमा पनि नेइमारको ढाडमा चोट लागेपछि सेमिफाइनल खेल गुमाएका थिए । क्वार्टरफाइनलमा कोलम्बियाका जुवान जुनिगाले फउल गरेका थिए ।

नेइमारविना उत्रिएको ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७-१ ले स्तब्ध भएको थियो ।

यो पटक भने ब्राजिलियन टिमलाई उपाधिको प्रमुख दावेदारका रुपमा हेरिएको छ । तर, पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिनु र स्टार स्ट्राइकर नेइमारको चोटले भने ब्राजिलियन टिममाथि केही दबाव थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment