Comments Add Comment

बर्दिवासमा राष्ट्रियस्तरको खेल मैदान बनाउन कस्सिए युवा

६ असार, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिकालाई खेलकुदको केन्द्र बनाउने भन्दै स्थानीय युवा खेल मैदान निर्माण कार्यमा जुटेका छन् । उनीहरुले बर्दिवास नगरपालिका-२ स्थित ६ बिगाह १५ कठ्ठा जग्गामा प्रस्तावित रंगशालामा खेल मैदान निर्माण सुरु गरेका छन् ।

‘खेल मैदान निर्माणको लागि सम्बन्धित क्षेत्रबाट कुनै पहल नभएपछि निःस्वार्थ सोचका साथ ६० जना भन्दा बढी युवाहरु खेल मैदान बनाउन जुटेका छौं,’ खेल मैदान निर्माण समितिका अध्यक्ष दीपककुमार कार्कीले भने ।

बर्दिवास नगरपालिकाले प्रस्ताव गरेको स्थानमा रंगशाला निर्माण गर्ने भनेपनि लामो समयदेखि काम अगाडि बढेको थिएन । तर स्थानीय युवाहरु अघि सरेपछि प्रस्तावित रंगशालाको फुटबल मैदान निर्माण कार्य तीव्र रुपमा अघि बढेको खेल मैदान निर्माण समिति बर्दिवासले जनाएको छ ।

बर्दिवासमा २ स्थित प्रस्तावित रंगशालामा अहिले फुटबल लगायत अन्य साना खेेल सञ्चालन गर्ने उद्देश्यका साथ निर्माण कार्य भैरहेको कार्कीले बताए । अब जिल्लाको प्रमुख व्यापारिक केन्द्रलाई खेलकुदको केन्द्र पनि बनाउँछौं,’ उनले भने ।

आउँदो असोजसम्ममा काम सक्ने योजना छ । त्यसका लागि आवश्यक रकम संकलनको काम पनि भइरहेको छ । ‘रंगशाला निर्माणदेखि खेल मैदानको लागि आवश्यक सहयोग गर्न सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ । विभिन्न स्थानबाट सहयोग गर्ने बचन प्राप्त भएकाले मैदानको निमार्ण कार्य आउँदो असोज सम्ममा सक्ने योजना छ,’ समितिका अध्यक्ष कार्कीले भने ।

नेपाल सरकारले बर्दिवासलाई नमूना शहर निर्माण सूचीमा राखेसँगै बर्दिवास नगरपालिका २ मा रहेको खेलमैदानलाई राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न रंगशालामा बनाउने तयारी छ । इन्डोर र आउटडोर सबै खेलकुद एउटै मैदानमा खेल्न मिल्ने गरी मैदान निर्माण गर्ने कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment