Comments Add Comment

मेरो हस्तमैथुनको दृष्य महिला शशक्तिकरणका लागिः स्वरा भास्कर


बलिउड फिल्म ‘वीरे दि वेडिङ’ को हस्तमैथुन दृष्यबाट नायिका स्वरा भास्कर तीव्र विवादमा आइन् । उनलाई सामाजिक सञ्जालमा निकै ट्रोल गरियो । अहिले उनले यो दृष्यका बारेमा बिस्तारमा कुरा गरेकी छन् ।

एक अन्तरवार्तामा उनले बताए अनुसार यो सिन बैंककमा सुटिङ भएको थियो । सुटिङ अगाडि उनी निकै नर्भस थिइन् । उनले निर्देशकलाई यो सिन सकभर भल्गर नबनाउन आग्रह गरेकी थिइन् । निर्देशकले पनि यो सिनलाई फन्नी स्टाइलमा देखाइने विश्वास दिलाएका थिए ।

यो सिन गरेपछि आफूलाई लाज लागेको स्वराले बताएकी छन् । सुटिङ गर्दा फिल्मकी निर्मात्री रिया कपुर उपस्थित थिइनन् । स्वराले उनलाई म्यासेज गरेर राम्ररी सुटिङ गरेको जानकारी गराएकी थिइन् ।

‘वीरे दि वेडिङ’ व्यवसायिक रुपमा सफल भयो । तर, फिल्मको आलोचना पनि खुबै भयो । आफूले दिएको हस्तमैथुन सिनको बचाउ गर्दै स्वराले यसलाई महिला शशक्तिकरणसँग जोडेकी छन् ।

‘हाम्रो समाजका महिलाहरु यौनजन्य कुरामा अझै पनि कुन्ठित छन्, त्यसैले उनीहरुलाई शशक्तिकरण गर्न यो दृष्य समावेश गरेका हौं,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment