Comments Add Comment

राजपाल यादवपछि भोजपुरी स्टार दिनेशलाल यादवसँग नीताको जोडी


नायिका नीता ढुंगाना अभिनय राम्रो गर्छिन् । तर, अभिनयले मात्र उनको क्रेज बनाउन सकेन । तर, पनि नीतालाई चलचित्रको अभाव भने छैन ।
उनले, बलिउडका चर्चित कमेडियन राजपाल यादवसँग चलचित्र ‘करोडपति’मा काम गरिन् । यो चलचित्र कहिले रिलिज हुन्छ भन्ने बिषयमा केही पनि बताइएको छैन । चलचित्रमा नीताको जोडीको रुपमा नायक आर्यन अधिकारी छन् ।

बलिउड कलाकारसँग काम गरेकी नीता अब भने भोजपुरी दुनियाँमा लागेकी छिन् । नेपाली चलचित्रमा काम गर्दा गर्दै भोजपुरी फिल्ममा पुगेर विराज भट्ट स्टार बनेका थिए । नीताले पनि एक भोजपुरी चलचित्र साइन गरेकी छिन् ।

नाम सार्वजनिक नगरिएको यो चलचित्रमा नीताको जोडीको रुपमा भोजपुरी चलचित्रका स्टार दिनेशलाल यादवले काम गर्दैछन् । उनलाई ‘निरहुवा’ उपनामले बढी चिनिन्छ । चलचित्रको कथावस्तु मन परेकाले काम गर्न लागेको बताउँदै नीताले आफ्नो भूमिका कमजोर नभएको बताइन् ।

चलचित्रको छायांकन नेपाल र भारतमा हुने नीताको भनाई छ । दिनेशले नेपाली चलचित्रका चर्चित द्धन्द्ध निर्देशक चन्द्र पन्तले निर्देशन गरेको ‘निरहुवा चलल लन्डन’ नामक चलचित्रमा काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment