Comments Add Comment

सुन तस्करी प्रकरणः व्यवसायी विमल पोद्दार समातिए

६ असार, काठमाडौं । नेपालमा संगठित रुपमा भइरहेको सुन तस्करीको र्‍याकेटबारे अनुसन्धान गरिरहेको विशेष समितिले व्यवसायी विमल पोद्दारलार्इ नियन्त्रणमा लिएको छ । उनी व्यवसायी दिपक महलोत्राका व्यवसायियक साझेदार हुन् ।

प्रहरी स्रोतका अनुसार पोद्दारलाई मंगलबार राति डिल्ली बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । समितिले हाल उनको बयान लिइरहेको छ ।

समितिका एक सदस्यले अनलाइनखबरसँग कुरा गर्दै उनीमाथि सोधपुछ भइरहेको पुष्टि गरे पनि पोदारको तस्करीमा संलग्नताबारे खुलाएनन् ।

समितिले यसअघि उर्लाबारीका सनम शाक्यको हत्या र साढे ३३ केजी सुन गायब प्रकरणको अनुसन्धानपछि जिल्ला अदालत, मोरङमा ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

हाल नेपाल प्रहरीका पूर्व डिआईजी मोहन निरौला, एसएसपी श्याम खत्री, दिवेश लोहनी, एसपी विकासराज खनालसहित अन्य पुर्पक्षका लागि थुनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment