Comments Add Comment

बजेटमा दलीय आधारमा विभेद भएको विपक्षीको आरोप

६ असार, विराटनगर । विपक्षी दलका सांसदहरुले प्रदेश १ सरकारले ल्याएको बजेटको विरोध गरेका छन् ।

विनियोजना विधेयकमाथिको छलफलमा सहभागी लिँदै प्रतिपक्षका संासदहरुले परम्पारगत बजेट आएको बताए । सांसद हिमाल कार्कीले आवश्यकता र औचित्यको आधारमा भन्दा पहुँच र प्रभावको आधारमा बजेट विनियोजन भएको बताए ।

जिल्लामुखी र क्षेत्रमुखी बजेट आएको र स-साना योजनाको नाम कनिका छर्ने काम भएको उनले बताए ।

बजेट बनाउने क्रममा मन्त्रीहरु जिमदार बनेको र सांसदलाई रैतीको व्यवहार भएको उनको दाबी छ ।

कांग्रेसका अर्को सांसद सूर्यमा राईले सत्तारुढ संसदहरुलाई मात्र खुसी बनाउने बजेट आएको बताए ।

प्रतिपक्षका सांसदले पेश गरेका कार्यक्रमलाई खासै महत्व नदिएको उनको गुनासो छ । राईले भने, ‘प्रतिपक्षका तर्फबाट पेश भएका कार्यक्रम काट्ने काम भएको छ, यस्तो विभेद गरिन्छ भने हामीले प्रदेशलाई समृद्ध बनाउने देखेको सपना फिक्का हुनेछ ।’

संासद शिवनारायण गनगाईले बजेट विनियोजनमा दलीय आधारमा विभेद भएको बताए । गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठानका लागि ४० लाख बजेट विनियोजन गर्दा मदन भण्डारी स्मृति प्रतिष्ठानका लागि २ करोड रुपैयाँ दिइएको उनले सुनाए ।

सत्तारुढ दलका संासदहरुले भने बजेटको बचाउ गरेका छन् । प्रदेशभरका सबै क्षेत्र र तहमा बिकासका लागि बजेट निनियोजन गरिएको भन्दै कार्यान्वयनमा ध्यान दिन सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment