Comments Add Comment

राजपाले तत्काल महाधिवेशन नगर्ने, आयोगलाई छल्न विधान संशोधन

फाइल फोटो

६ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टीले तत्काल महाधिवेशन नगर्ने भएको छ । बरु निर्वाचन आयोगको आदेश छल्न पार्टी विधान नै संशोधन गर्ने भएको छ ।

निर्वाचन आयोगले हालै मात्र असार मसान्तभित्र महाधिवशेन गर्न राजपालाई निर्देशन दिएको थियो ।

तर, राजपाले विधान संशोधन गरेर आगामी वैशाखमा मात्र महाधिवेशन गर्ने निर्णय गरेको छ ।

बुधबार सम्पन्न राजनीतिक समितिको बैठकले एक वर्षभित्र महाधिवेशन गर्ने उल्लेख रहेको पार्टी विधानको धारा २२ को उपधारा १० लाई संशोधन गर्ने निर्णय गरेको छ । त्यही व्यहोराको पत्र आयोगलाई पठाउने बैठकको निर्णय छ ।

साथै अर्को वर्ष वैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने निर्णय भएको राजपाले जनाएको छ ।

मधेस केन्द्रित ६ दल मिलेर गत वैशाखमा गठन भएको राजपा दल दर्ताका क्रममा निर्वाचन आयोगमा बुझाइएको विधानमा एक वर्षभित्र महाधिवेशन गर्ने उल्लेख थियो ।

त्यसलाई आधार बनाएर निर्वाचन आयोगले केही समय पहिले असार मसान्तभित्र महाधिवेशन गर्न निर्देशनात्मक आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment