Comments Add Comment

स्वस्थ जीवनका लागि बुझ्नुहोस् आफ्नै शरीरको भाषा

तपाईं नजिकको अस्पताल गएर यसो आसपासको वातावरण नियाल्नुहोस्, तपाईंलाई जीवनदेखि नै बिरक्त लागेर आउँछ । कोही ऐयाअत्था गरिरहेका, कोही ठिटलाग्दोगरी सुतिरहेका, कोही छटपटाइरहेका, कोही भय र पीडाले आक्रन्त भएका ।
तपाईं, हामी पनि भोलि त्यसरी नै अस्पतालमा पुग्छौं । पीडाले छटपटाउँछौं । मृत्युको भयले अत्तालिन्छौं ।

मानव शरीर हो । सधै एकनास हुँदैन । रोग लाग्न सक्छ । कमजोरी हुनसक्छ । यस्तो अवस्थामा उपचार खोज्नैपर्छ । हामी निश्चित अवधीका लागि बाँच्छौं । नेपालीको औषत आयु अहिले बढेर ७१ बर्ष पुगेको छ । यत्तिका अवधी बाँच्दा पनि सुखचैनका साथ बाँचिएन भने जीवन व्यर्थ हुँदैन र ?

जन्मपछि मृत्यु निश्चित छ । र, जीवनमा रोग लाग्न सक्छ । अंगभंग हुन सक्छ । पीडा हुनसक्छ । दुख हुनसक्छ । यी भए भवितव्यका कुरा । तर, हामी आफ्नै कारण पनि शरीरलाई दुख दिइरहेका हुन्छौं । हामी आफ्नै कारणले हाम्रो शरीरले दुख झेलिरहेको हुन्छ । खासगरी अस्वस्थ्यकर खानपान, जीवनशैली, सोच-चिन्तनको कारण शरीर रोगी र जिर्ण हुन्छ ।

जन्मपछि मृत्यु त छँदैछ । तर, जति अवधी बाँचिन्छ, त्यती बेलासम्म खुसी, सन्तुष्टि, निरोगी जीवन विताउन पाए कति राम्रो हुन्थ्यो ?

यसका लागि हामीले कामना गरेर मात्र पुग्दैन । स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । स्वस्थ्यवर्द्धक खानपान अपनाउनुपर्छ । सोच र चिन्तन पनि सकारात्मक हुनुपर्छ । मन सधै प्रशन्न हुनुपर्छ । शरीर सधै चलयामान हुनुपर्छ ।

के छ त उपाय ?

शरीरलाई सक्रिय, निरोगी, जवान बनाइराख्ने काइदा के होला ?

यसको एउटै जवाफ हो, सन्तुलित, संयमित, स्वस्थ्य र सुखमय जीवनशैली । अब यो भनेको चाहि के हो त ?

यो भनेको, शरीरको आवश्यक्ता अनुसार जीवन पद्धती विकास गर्नु हो । अर्थात हामी मनको मर्जीमा चल्छौं । मनको मर्जीमा चल्दा शरीरलाई बेवास्ता गर्छौं । त्यही कारण शरीर रोगी हुन्छ । शरीरले दुख पाउँछ । हामी मनको मर्जीमा होइन, शरीरको आवश्यक्ता अनुसार चल्नुपर्छ ।

शरीरको बनावट, प्रकृति अनुसार सही खानपान, सही जीवनशैली अपनाउने हो भने, हामीलाई रोगले छुँदै छुँदैन ।

प्राकृतिकसँग तालमेल 

हाम्रो शरीर आफैमा एक प्राकृतिक उत्पादन हो । शरीर आखिरमा माटोमा मिल्ने नै हो । भनिन्छ, शरीर पञ्चतत्वले निर्माण भएको हुन्छ । अर्थात पृथ्वी, जल, वायु, आकाश, अग्नी । यसको अर्थ के भने, शरीर प्राकृतिक भएकाले हामीले जतिसक्दो प्रकृतिसँग तालमेल मिलाएर अगाडि बढ्नुपर्छ ।

हावापानी, मौसम अनुरुप आफुलाई अभ्यस्त बनाउनुपर्छ । जुन मौसममा प्रकृतिले जे उत्पादन गर्छ, फलाउँछ, त्यही खानेकुरा सेवन गर्नुपर्छ ।

शरीरको प्रवृत्ति के हुन्छ भने, सधै सक्रिय, चलयामान रहने । हामी ऐश-आरम खोज्छौं । तर, शरीरले सक्रियता खोज्छ । श्रम खोज्छ । शरीरले निश्चित समयमा विश्राम खोज्छ । सुत्ने, उठ्ने, खाने, बस्ने, उपि|mने, खेल्ने तालिका मिलाउन खोज्छ । तर, हामी शरीरले माग्ने त्यस्तो तालिकालाई उल्लघंन गरिदिन्छौं । त्यही कारण शरीरले दुख पाउँछ । शरीरले रोगसँग जुध्नुपर्छ ।

शरीरको महत्वलाई बुझौं

शरीरको आवश्यक्ता अनुरुप जीवनशैली अपनाउने हो भने, हामीले रोगी हुनुपदैन । दुखी हुनुपर्दैन । पीडा झैल्नु पर्दैन ।
शरीरको आवश्यक्ता पुरा गर्नुअघि शरीरको महत्वलाई बुझ्नुपर्छ ।

शरीर आफैमा विचित्रको छ । यो शरीरले प्रकृतिमा उब्जने दाल, चामल, सागपात, फलफूल, पानी आदि खान्छ । त्यसमध्येबाट आवश्यक पोषक तत्व लिन्छ र बाँकी मलको रुपमा निष्कासन गर्छ । पोषक तत्वलाई उर्जामा रुपान्तरण गर्छ । त्यहीबाट रगत बन्छ । त्यहीबाट विर्य बन्छ ।

यसरी शरीरले आफुमा उचित तापमान कायम राख्छ । शरीरका अंगहरुलाई संचालन गर्छ । शरीरका अंगहरु एकअर्कासँग तालमेल मिलाएर कार्य गरिरहेका हुन्छ । मुटुले रगत पम्प गर्छ । फोक्सोले वायु ग्रहण गर्ने र शुद्धिकरण गर्ने काम गरिरहेको हुन्छ । मिर्गौंलाले शरीरमा अनावश्यक तत्व एवं शरीरका विकारलाई बाहिर निष्कासन गर्ने काम गर्छ ।

शरीरको यही कार्य-प्रणालीले हाम्रो मस्तिष्क विकास र संचालन हुन्छ । त्यही मस्तिष्क हो, जसले संसारमा चमत्कार गर्न सक्छ । हावा माथि सैयौं केजीको गह्रौ बस्तु उडाइदिन्छ । पानीमाथी सैयौं टनको बस्तु आउजाउ गराइदिन्छ । पृथ्वीको एउटा गोलार्द्धमा बोलेको आवाज अर्को गोलार्द्धमा पुर्‍याइदिन्छ । पृथ्वी, ब्रम्हाण्ड र पुरै आकाशगंगाको खोज-अनुसन्धान गराउँछ ।

यी सबै काम शरीरले चुपचाप गरिरहेको छ । कति महत्वपूर्ण छ त शरीर ?

एउटा दृष्टान्त छ, यदि शरीर जस्तै कुनै यन्त्र निर्माण गरिने हो र त्यसले शरीरको कार्य-प्रणाली गर्ने हो भने त्यो यन्त्रले विशाल क्षेत्र ओगट्नेछ । एकदमै चर्को ध्वनी र कम्पन पैदा गर्नेछ । त्यसले उत्तिकै वायु प्रदूषण पनि गराउनेछ ।

तर, सानो शरीरले यस्तो काम गर्दा न कम्पन पैदा गर्छ । न ध्वनी निकाल्छ । न प्रदूषण बनाउँछ । न ठूलो क्षेत्र नै ओगट्छ । शान्त ढंगले, चुपचाप-चुपचाप यी सबै काम गर्छ । तर, यति महत्वपूर्ण शरीरलाई हामी कति दुख दिन्छौं ?

शरीरले नरुचाउने खानेकुरा खाइदिन्छौं । शरीरलाई स्विकार नहुने काम गर्छौं । त्यही कारण त हामी रोगी बन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment