Comments Add Comment

जापानी समर्थकको उदाहरणीय काम

काठमाडौं । विश्वकपमा खेल सकिएपछि प्रायजसो रंगशाला प्याराफिटमा बढी भएका र पोखिएका खानेकुरा, कपहरु र खोलहरुले फोहोर बनाएर छोडिन्छ ।

जापानी समर्थकहरुलाई मंगलबार राति निश्चित रुपमा खुशी हुँदै प्याराफिट छाड्ने कारण मिलेको थियो । उनीहरुको देशले विश्वकपको पहिलो खेलमा कोलम्बियालाई २-१ ले हराएर पहिलोपटक दक्षिण अमेरिकी देशलाई हराएको कीर्तिमानसमेत राख्यो ।

तर, टिमले कोलम्बियालाई मैदानमा बढारेपछि जापानी समर्थकहरुले पनि आफ्नो भागको बढार्ने काम सम्पन्न गरे । उनीहरुले रंगशालामा आफू बसेको प्याराफिट सफा गरे ।

उनीहरुले आफ्नो साथमा फोहोर राख्ने झोलाहरु ल्याएका थिए । उनीहरुले वरिपरिको फोहोर टिपेर झोलामा राखेर लगे ।
तर, जापानका समर्थकहरुले आफ्नो राम्रो बानी देखाएको यो पहिलोपटक भने होइन उनीहरुले पहिले पनि आफ्नो राम्रो व्यवहारले सबैको मन जितेका थिए ।

‘यो फुटबलको मात्रै कुरा होइन, यो त जापानी सँस्कृतिको एक नमूना हो’ जापानका खेल पत्रकार स्कट म्याकिन्टायरले बताए । उनी जापानको खेलको समाचार प्रशारण गर्न रुसमा छन् ।

‘फुटबल सँस्कृतिको प्रतिबिम्ब हो भनेर सबैले भन्छन् । जापानी समुदायको एक महत्वपूर्ण पक्ष सबै चीज सफा बनाउने हो र फुटबल लगायत खेलकुद प्रतियोगितामा पनि यो कुरा लागु हुन्छ’ उनले भने ।

ओसाका विश्वविद्यालयका प्राध्यापक स्कट नर्थ भन्छन् ‘फुटबल खेल पछि सरसफाइ गर्ने कुरा हामीलाई बच्चामै स्कूलमा सिकाउने आधारभुत व्यवहारमा पर्छ । जहाँ बच्चाहरुले आफ्नो कक्षाकोठा, खेलमैदान र बाटोहरु सरसफाइ गर्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment