Comments Add Comment

नेपालसँग खेल्ने एमसीसीको कप्तानी जयवर्द्धनेले गर्ने

६ असार, काठमाडौं । नेपालसँग मैत्रीपूर्ण क्रिकेट खेल खेल्ने बेलायतको चर्चित क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को नेतृत्व श्रीलंकाका पूर्वकप्तान माहेला जयवर्द्धनेले गर्ने भएका छन् ।

एमसीसीले नेपाल र नेदरल्याण्ड्ससँग हुने टी ट्वान्टी क्रिकेटका लागि बु्धबार कप्तान चयन गरेको हो ।

उक्त खेल लड्समा जुलाइ २९ गते हुनेछ । श्रीलंकाका उत्कृष्ट खेलाडी जयवर्द्धने क्रिकेटको वान डे, टेस्ट र टी ट्वान्टी फरम्याटमा देशकै उत्कृष्ट तीन ब्याट्म्यानभित्र पर्छन् । उनले सन् २००२ र २००६ मा इंगल्याण्डविरुद्धको खेलमा शतक प्रहार गरेका थिए । उनी सन् २०१५ मा एमसीसीको आजीवन सदस्य बनेका थिए ।

जयवर्द्धनेले १४९ टेस्ट म्याचबाट १२ हजार रन बनाएका छन् । त्यस्तै ४ सय ४८ वानडे खेलबाट १२ हजार ६ सय ५० रन बनाएका छन् । ५५ अन्तर्राष्ट्रिय टी ट्वान्टी खेल खेलेका उनले १ हजार ४ सय ९३ रन जोडेका छन् । तीनवटै फरम्याटको क्रिकेटमा गरी उनले देशका लागि ५४ शतक बनाएका छन् ।

एमससीसीले नेपालसँगको खेलका लागि तीन जना अन्य खेलाडीको नाम पनि सार्वजनिक गरेको छ । जसमा स्कटल्याण्डका डेलन बज, एलास्डर इभान्स र मार्क वाट रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment