Comments Add Comment

उरुग्वेसँग अहिलेसम्म नहारेको साउदीले आज के गर्ला ?

राष्ट्रिय टिमबाट लुइस स्वारेजको सय औं खेल


६ असार, काठमाडौं । विश्वकप समूह ‘ए’ मा आफ्नो दोस्रो खेलमा बुधबार पौने ९ बजे उरुग्वे र साउदी अरेबियाबीच खेल हुँदैछ ।

पहिलो खेलमा रसियासँग फराकिलो अन्तरको हार व्यहोरेको साउदी अरेबियालाई आˆनो फुटबल साख जोगाउन उरुग्वेविरुद्ध कठिन छ ।

उरुग्वेले पहिलो खेलमा इजिप्टलाई १-० ले हराएको थियो । पहिलो खेलमा स्टार स्ट्राइकरहरु चल्न नसकेको उरुग्वे अघिल्लो चरणमा मनोबल बढाउन साउदी अरेबियाविरुद्धको खेलमा सुधार देखाउन व्यग्र छ ।

साउदी अरेबिया र उरुग्वेबीच विश्वकपमा अहिलेसम्म खेल नभए पनि यो उनीहरुको तेस्रो भेट हो । यसअघिका दुई मैत्रीपूर्ण खेलमा एक खेल बराबरी भएको थियो भने एक खेल साउदी अरेबियाले जितेको थियो ।

एसियाबाट विश्वकपमा छनोट भएको साउदी अरेबिया आˆनो पाँचौ विश्वकपमा छ । यसअघि साउदी अरेबिया सन् १९९४, १९९८, २००२ र २००६ को विश्वकपमा सहभागी भएको थियो ।

विश्वकपमा साउदी अरेबियाले पहिलो पटक दक्षिण अमेरिकी देश विरुद्ध खेल्न लागेको हो । पहिलो खेलमा रसियाविरुद्ध एउटै सट प्रहार गर्न नसकेको साउदी अरेबियाका लागि उरुग्वेसँगको खेल आˆनो फुटबल सुधारका लागि महत्वपूर्ण छ ।

फिफा विश्व फुटबल वरियतामा ६७ औं स्थानमा रहेको साउदी अरेबियालाई रसिया विश्वकपमा समूह चरणबाट माथि जान कठिन भइसकेको छ । सन् २००२ को विश्वकपको समूह चरणमा भागेका नराम्रो हारको कीर्तिमानबाट जोगिने हो भने यसपटक साउदी अरेबियाले खेलमा राम्रै सुधार गर्नुपर्ने हुन्छ ।

साउदी अरेबिया सन् १९९४ को विश्वकपमा मोरक्को र बेल्जियमलाई हराएर अन्तिम १६ मा पुगेको थियो । त्यसपछिका विश्वकपमा साउदी अरेबियाले एक खेल पनि जित्न सकेको छैन ।

उता उरुग्वेको विश्वकपमा आˆनै गर्विलो इतिहास छ । यसपटक विश्वकप छनोटको दक्षिण अमेरिकी देशमा ब्राजिलपछिको बलियो टोली पनि उरुग्वे देखिएको थियो ।

सन् १९३० र १९५० गरी दुईपटक विश्व विजेता बनेको उरुग्वे गएको ब्राजिल विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको थियो । यसपटक अनुभवी खेलाडीसँगै नयाँ स्टारहरुले पनि उरुग्वे टिम बलियो छ ।

डिफेन्डर डिएगो गोडिनसँगै स्ट्राइकरहरु इडिसन काभानी र लुइस स्वारेज साउदी अरेबियाका लागि प्रमुख चुनौती हुन् ।

उरुग्वेले विश्वकप समूह चरणका पछिल्ला ९ खेलमा अहिलेसम्म १ खेल मात्र हारेको छ । जसमा ५ खेल जितेको छ भने ३ खेल बराबरी गरेको छ ।

साउदी अरेबियाविरुद्ध उरुग्वेका लुइस स्वारेज राष्ट्रिय टिमबाट आˆनो एक सय औं खेल खेल्दै छन् । उनले राष्ट्रिय टिमबाट ५१ गोल गरिसकेका छन् । स्पेनिस क्लब बार्सिलोनामा रहेका उनले क्लब फुटबलमा राम्रो गरिरहेका भए पनि यसपटक विश्वकपको पहिलो खेलमा भने चल्न सकेनन् ।

साउदी अरेबियाका प्रशिक्षक जुआन एन्टोनियो पिजीले गोलकिपर अब्दुल्लाह अल मैयुफको स्थानमा मोहम्मद अल ओएसिसलाई खेलाउने भएका छन् । साथै उनले फरवार्ड मोहम्मद अल सालवीको स्थानमा पनि मुहन्नद असिरीलाई खेलाउने सोचिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment