Comments Add Comment

कटुवा पेस्तोलसहित युवक पक्राउ

६ असार, कैलाली । इलाका प्रहरी कार्यालय मालाखेतीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार साँझ गोदावरी नगरपालिका २ तेघरी स्थित सडक खण्डमा हिडिरहेका सोही ठाउँका २५ वर्षीय तोयानाथलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट कटुवा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

पक्राउ परेको नाथलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment