Comments Add Comment

भारतीय सीमामा लागूऔषधविरुद्ध हेल्प डेस्क स्थापना

६ असार, सप्तरी, । लागूऔषधविरुद्ध जानकारी एवं परामर्श दिने उद्देश्यले सप्तरीको भारतीय सिमावर्ती गाउँ तिलाठी कोइलाडीमा बुधबारदेखि हेल्प डेस्क राखिएको छ ।

लागूऔषधविरुद्धको दिवसको अवसर पारेर सप्तरीमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिदैंछ । सप्ताहव्यापी अभियानको हेल्प डेस्क राखेर उद्घाटन गरिएको छ ।

सप्तरी युथ नेपाल र सवल नेपालले संयुक्त रुपमा राखेको हेल्प डेस्कको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उद्घाटन गरे । उनले भारतसँगको खुल्ला सीमाका कारण सप्तरीमा लागूऔषध प्रयोगकर्ताहरु बढिरहेको बताउँदै यसको नियन्त्रणका लागि हेल्प डेस्कले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले सप्तरीमा लागूऔषध प्रयोगकर्ताहरुलाई निरुत्साहित पार्न दैनिक प्रयास भइरहेको बताए । जिल्लामा लागूऔषध प्रयाोग गर्नेको संख्या भयावह रहेको बताउँदै उनले भारतसँगको ७८ किलोमिटर खुल्ला सिमानाका कारण त्यसलाई नियन्त्रण गर्न समस्या भइरहेको बताए ।

चेकजाँचका क्रममा लागूऔषध प्रयोगकर्ता फेला परिरहेको बताउँदै तिलाठी नाकाबाटै एक हप्तामा तीन जना ओसारपसरा गर्ने व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए ।

तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले निकट भविष्यमै लागूऔषधविरुद्ध बजेट विनियोजन गर्दै कार्यक्रमलाई अगाडि बढाउने प्रतिवद्धता जनाए ।

आगामी जुन २६ तारिखका दिन लागूऔषधबिरुद्धको दिवस मनाइँदैछ । सप्तरीमा एक हप्ते विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी दिवसका दिन भव्य कार्यक्रमको आयोजना गरी समापन गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment