Comments Add Comment

मेस्सी र रोनाल्डोलाई चुनौती दिँदैछन् इंग्ल्याण्डका ह्यारी केन

काठमाडौं । इंग्ल्याण्डका कप्तान हृयारी केनले क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीलाई चुनौती दिँदै विश्वकै उत्कृष्ट खेलाडी बन्ने महत्वाकांक्षा प्रकट गरेका छन् ।

केनको दुई गोलको मद्दतमा ट्युनिसियालाई हराउँदै इंग्ल्याण्डले विश्वकपमा सुखद सुरुवात गरेको थियो ।

पोर्चुगलका रोनाल्डोले पहिलो खेलमा हृयाट्रिक गर्दा अर्जेन्टिनाका मेस्सी पेनाल्टीमा चुकेका थिए ।

केनले विश्वकपलाई आफू पनि उत्कृष्ट फुटबलर भएको सावित गर्ने अवसरका रुपमा लिएका छन् । ‘मुख्य प्रतियोगितामा म आफूलाई प्रमाणित गर्न चाहन्छु’ उनले भने, ‘म विश्वका उत्कृष्टहरुसँग रहन चाहन्छु र यो राम्रो खेलेर मात्र सम्भव छ ।’

उनले अघि भनेका छन्, ‘रोनाल्डो र मेस्सी उत्कृष्ट छन् । तर, उनीहरुलाई पनि चुनौती दिन म तयार छु ।’

इग्ल्याण्डले अब आइतबार पानामासँग खेल्नेछ । समूह जीमा रहेको उसको असली परिक्षा बेल्जियमविरुद्धो अन्तिम खेलमा हुने मानिएको छ ।

केनले विगतमा चार सिजनमा १ सय ३५ गोल गरेका छन् जसमध्ये प्रिमियर लिगमा टोटनह्याम तेस्रो हुँदा उनको खातामा मात्रै ४१ गोल थिए ।

ईंग्ल्यान्डका लागि २५ म्याच खेलेका उनले १५ गोल आफ्नो नाममा लेखाएका छन् । सन् १९९० मा गेरी लिनेकरले क्यामरुनविरुद्ध गरेको २ गोलपछि कुनै पनि ईंग्लिस खेलाडीले विश्वकपमा दुई गोल गर्न सकेका थिएनन् । यो खडेरीलाई पनि केनले ट्यूनिसियाविरुद्धको खेलमा तोडे ।

‘विश्व उत्कृष्ट खेलाडी बन्नका लागि उच्च लक्ष्य राख्नुपर्छ । सानोतिनो लक्ष्यले हुँदैन,’ केन भन्छन्, ‘मैले आफ्नो करिअरभरी मानिसहरुलाई गलत सावित गर्नु परिरहेको छ र यसो गर्दा मलाई मज्जा आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment