Comments Add Comment

संक्रमणकाल अझै सकिएको छैन : मुख्यमन्त्री राउत


६ असार, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा संक्रमणकाल अझै कायमै रहेको बताएका छन् ।

निर्वाचन आयोगले बुधबार जनकपुरमा गरेको प्रदेश-२ निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले तीनै (संघीय, प्रदेश र स्थानीय) तहको सरकारबीच समन्वय नहुनुलाई संक्रमणकालको संज्ञा दिए ।

तीनै तहको सरकारबीच समन्वय गरेर एकअर्काको अस्तित्वलाई स्वीकार गर्ने चुनौती रहेको उनको भनाइ थियो । तीनै तहका सरकारले एकअर्कालाई सहयोग गरेर अघि बढ्नुपर्ने धारणा उनले र संघीयतालाई सफल बनाउन न्यायपालिकाको भूमिकासमेत महत्वपूर्ण रहेको बताए ।

न्यायपालिकाको सहयोगबिना संघीयता पूर्ण रुपमा कार्यान्वयन हुन नसक्ने बताउँदै उनले थपे ‘नयाँ संरचना छ, नयाँ सोचले अघि बढ्नुपर्छ । पुरानो सोचले नयाँ संरचनालाई हेर्दा हुँदैन ।’

स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा मुख्यमन्त्री राउतले निर्वाचन आयोगलाई धन्यवाद दिए । ‘स्थानीय तहको चुनाव हुनेमा शंका थियो’ उनले भने, ‘शान्तिपूर्ण तरिकाले सम्पन्न भयो ।’

निर्वाचन आयुक्त इला शर्माले प्रदेश २ सरकारले हालै पारित गरेको प्रहरी ऐनको प्रशंसा गर्दै ५० प्रतिशत महिलाको लागि व्यवस्था गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment