Comments Add Comment

उरुग्वेसँगै रुस विश्वकपको नकआउट चरणमा

काठमाडौं । उरुग्वेसँगै आयोजक रुस विश्वकप फुटबलको नकआउट चरणमा पुगेका छन् ।

बुधबार उरुग्वेले साउदी अरेबियामाथि १–० को संघर्षपूर्ण जित निकालेपछि समूह ए बाट अन्तिम १६ मा पुग्ने दुबै टोलीको टुंगो लागेको हो । उसको जित लुइस स्वरेजले २३ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

पहिलो खेलमा रुससँग ५–० को हार व्यहारेपछि चर्को आलोचना व्यहोरेको साउदी अरेबियाको टोलीको खेल केही सुधारिएको थियो । तर, दुबै उरुग्वेविरुद्ध गोल गर्न भने सकेन ।

उरुग्वेको जितले साउदी अरेयिबासँगै इजिप्ट पनि अन्तिम खेल अघि नै विश्वकपको समूह चरणबाटै बाहिरिने पक्का भएको छ । अब रुस र उरुग्वेको खेलले समूह विजेताको टुंगो लाग्नेछ ।

साउदी अरेयिबासँगको खेल इजिप्टका लागि प्रतिष्ठाको लडाइ मात्र हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment