Comments Add Comment

विवादित प्रवास नीतिबाट पछि हटे ट्रम्प, अब सँगै रहनेछन् परिवारका सदस्य

७ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अवैध आप्रवासी सम्बन्धी आफ्नो एक नीतिबाट पछि हटेका छन् । अवैध आप्रवासीलाई उनीहरुका बच्चाबाट अलग नगर्ने निर्णयमा ट्रम्पले हस्ताक्षर गरेका छन् । उनका अनुसार अब प्रवासी परिवार एकसाथ बस्न पाउने छन् ।

यो निर्णय कहिलेदेखि लागू हुन्छ भन्ने कुरा स्पष्ट भइसकेको छैन । तर, ट्रम्प प्रशासनको निर्णयमा लेखिएको छ- अब अवैध आप्रवासी परिवारहरुलाई एकसाथ हिरासतमा राखिने छ ।

यदि आमा-बुवा हिरासतमा रहँदा बच्चालाई गलत प्रभाव पर्ने आशंका भएमा मात्रै उनीहरुलाई अलग्गै राखिने छ । यस्तो अवस्थामा बच्चाहरुलाई उनीहरुका आमाबुवाबाट कति समयसम्म अलग राख्ने भन्ने कुरा तर ट्रम्प प्रशासनको निर्णयमा उल्लेख नरहेको बीबीसीले जनाएको छ ।

आमाबुवाबाट अलग्गिएका बच्चाहरुको तस्वीर हेरेर आफ्को मन पग्लिएको ट्रम्पले बताएका छन् । त्यसैले यो पछिल्लो निर्णय लिइएको हो । उमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘म आफै परिवारबाट अलग भएको देख्न चाहँदैन । मेरी पत्नी मेलानिया र छोरी इवान्का पनि परिवार सँगै रहनुपर्छ भन्ने कुरामा समर्थन गर्दछन् ।’

मिडिया रिपोर्टस्का अनुसार मेलानिया र इवान्काले आप्रवासी कानुनमा नरम हुन राष्ट्रपति ट्रम्पलाई दबाव दिने गरेका थिए ।

पूर्वराष्ट्रपति बराक ओबामाले पनि ट्रम्प प्रशासनको पछिल्लो निर्णयको स्वागत गरेका छन् ।

यसअघि ट्रम्प प्रवासीहरुप्रति कडा देखिन्थे । उनले भन्ने गरेका थिए, यूरोपेली देशहरुले लाखौं प्रवासीहरुलाई शरण दिएर गलत गरिरहेका छन् । प्रवासीहरुलाई फर्काउने आफ्नो अभियानमा विपक्षी डेमोक्रेटिक पार्टीका सदस्यहरुले अवरोध गरेको भनेर ट्रम्पले आरोप लगाउने पनि गर्दथे ।

ट्रम्पले अमेरिका सीमामा अवैधरुपमा प्रवेश गर्नेहरुलाई आपराधिक मुद्दा लगाएर जेलमा हाल्ने कानुन ल्याएका थिए । सो कानुनमा यस्ता प्रवासीहरुलाई उनीहरुका बच्चाहरुलाई पनि अलग राख्ने व्यवस्था थियो । त्यसको विपक्षी डेमोक्रेटिक पार्टीहरुले आलोचना गर्दै आएका थिए ।

अमेरिकी सरकारले पक्राउ गरेकाहरुलाई फलामे जन्जिरभित्र बाबालिकाहरुलाई राखिएको तस्वीर सार्वजनिक भएपछि प्रवासी कानुनको निकै आलोचना भएको थियो । आलोचकहरुले त्यसलाई नाजी यातना शिविरसँग तुलना गरेका थिए । मेक्सिकोका विदेशमन्त्री लुइस विदेगारा कासोले त बच्चालाई उनीहरुको परिवारबाट अलग राख्नु क्रुर र अमानवीय भनेका थिए ।

अमेरिकी सरकारको तथ्यांकअनुसार ५ मेदेखि ९ जुनको बीचमा २ हजार ३४२ प्रवासी बच्चा आमा-बुवाबाट अलग भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment