Comments Add Comment

रिलायन्सले ल्यायो जीवन शान्ति बीमा योजना, घातक रोग लागे ५० लाख


७ असार, काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना ग्राहकहरुका लागि जीवन शान्ति बीमा योजना कार्यक्रम ल्याएको छ ।

भविष्यमा हुन सक्ने भवितव्यबाट आर्थिक स्थिरता तथा पूर्ण जोखिम प्रदान गर्ने उद्देश्यले न्यूनतम बीमा शुल्कमा यस्तो योजना ल्याएको रिलायन्सले जनाएको छ ।

कम्पनीले घातक रोगहरु विरुद्धको अतिरिक्त सुविधाहरु पनि अघि ल्याएको छ । कम्पनीले विभिन्न घातक रोगहरुबाट हुन सक्ने क्षतिलाई मध्यनजर गरेर यो सुविधा सार्वजनिक गरेको हो ।

नेपालमा १८ घातक रोगहरु विरुद्ध अतिरिक्त सुविधा लिएर आउने रिलायन्स लाईफ इन्स्योरेन्स पहिलो जीवन बीमा कम्पनी हो ।

बीमितले न्यूनतम बीमा शुल्क तिरेर १८ वटा सम्म घातक रोगहरु विरुद्ध यो सुविधाको लाभ लिन सक्नेछन् । यस अतिरिक्त सुविधा लिएमा बीमितलाई कुनै पनि एक घातक रोग लागेको चिकित्सकीय रुपमा प्रमाणित भएमा अधिकतम रु ५० लाखसम्म एक मुष्ठ रकम प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment