Comments Add Comment

प्रान पोट्याटो क्य्राकरमा नक्कली गुणस्तर चिहृन, उद्योगमा शिलबन्दी

व्यवसायीलाई प्रान पोट्याटो क्य्राकर नबेच्न निर्देशन

७ असार, काठमाडौं । प्रान पोट्याटो क्य्राकरमा नक्कली नेपाल गुणस्तर चिहृन (एनएस) प्रयोग गरेको पाइएपछि उद्योगमा शिलबन्दी गरिएको छ ।

प्रान पोट्याटो क्य्राकर ओडीएटी फुड एण्ड वेभरेज प्रालिले उत्पादन गर्दै आएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागबाट अनुमति लिएरमात्र गुणस्तर चिह्न प्रयोग गर्न पाइन्छ ।

तर, मुलपानीस्थित सो उद्योगले अनुमति नलिइ वर्षौंदेखि नेपाल गुणस्तर चिह्न (एनएस) प्रयोग गरेको अनुगमनको क्रममा पाइएपछि बुधबार शिलबन्दी गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

विभागले अनुगमनमा भेटिएको १३१ कार्टुन प्रान पोट्याटो क्य्राकरमा शिलबन्दी गर्नुका साथै सम्पूर्ण व्यवसायीलाई उक्त प्रान पोट्याटो क्य्राकर नबेच्नसमेत निर्देशन दिएको छ ।

नेपाल गुणस्तर चिह्न (एनएस) लिन उद्योगीले नियमानुसार उत्पादन गर्नुपर्ने हुन्छ । उनीहरुको गुणस्तरबारेमा विभागले परीक्षण गरेपछि मात्रै सरकारले एनएस चिहृन उपलब्ध गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment