Comments Add Comment

जागिरको अन्तिम दिन घोडा चढेर अफिस


कुनै पनि जागिरबाट अवकाश पाउने दिनलाई स्मरणीय बनाउने अनेक तरिका हुनसक्छन् । भारतको बैंगलोरका एक व्यक्तिले अनौठो तरिकाले आफ्नो अवकाशको दिन मनाएका छन् ।

रुपेशकुमार बर्मा नामका सफ्टवेयर इन्जिनियर आफ्नो जागिरको अन्तिम दिन घोडामा चढेर अफिस गए ।

उनी चढेर अफिस गएको घोडाको जिउमा एउटा बोर्ड झुण्डाएका थिए । जसमा लेखिएको थियो- सफ्टवेयर इन्जिनियरको रुपमा जागिरको अन्तिम दिन ।

जागिरको अन्तिम दिन घोडा चढेर बकाइदा घोषणा गर्दै अफिस जाने उनको यो शैलीले धेरै बटुवाहरुको ध्यान खिच्यो । धेरैले उनको फोटो खिचे पनि ।

उनले ८ वर्षसम्म बैंगलोरको एक अफिसमा काम गरे । जागिरे जीवनमा उनलाई हरेक दिन सहरको दिक्कलाग्दो ट्राफिक समस्याले हैरान बनाएको थियो । ट्राफिक समस्या प्रति व्यंग तथा विरोध जनाउन र सम्बन्धित अधिकारीको ध्यानाकर्षण गराउनका लागि रुपेशले अन्तिम दिन आफ्नो अफिस जाने साधनको रुपमा घोडा रोजेका हुन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment