Comments Add Comment

स्थानीय तह र सुरक्षा निकायबीच सहकार्य गर्ने प्रतिबद्धता

७ असार, वीरगञ्ज । पर्सा जिल्लाका स्थानीय तह र सुरक्षा निकाय समन्वय र सहकार्य गरेर अघि बढ्नका लागि प्रतिबद्ध भएका छन् ।

स्थानीय तह सञ्चालनमा सुरक्षा निकायले सहयोग नगरेको गुनासो आइरहेको समयमा दुवै निकायबीच सहकार्य तथा समन्वय कसरी गर्न सकिन्छ भन्ने बारेमा आयोजित छलफलमा त्यस्तो प्रतिबद्धता आएको हो ।

दुवै निकायको काम कारवाही संचालनमा स्थानीय जनप्रतिनिधि र प्रहरी बीचको सामन्जस्यता कायम गराउने उद्देश्यले नै छलफलको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

छलफलमा सार्वजनिक सम्पत्तिहरुको सुरक्षा तथा संरक्षण, सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन, सवारी साधान पार्किङ्ग व्यवस्थापन, विपद व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण -घटनास्थल सुरक्षा, मुचुल्का तयारी, म्याद तामेली, सुरक्षा सचेतना आदि) मदिरा तथा लागूपदार्थ नियन्त्रण, सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने गराउने, बेवारिस वा असहाय व्यक्तिहरुलाई औषधि उपचार, असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाहसंस्कार, कुटपिट, झैझगडा तथा अन्य विवादहरुको मेलमिलाप, विभिन्न समुदायवीच सामाजिक सदभाव र सौहर्दता कायम राख्ने, जेष्ट नागरिक, अपाङ्गता तथा असक्त भएका व्यक्ती, सडक बालबालिका, अनाथ, मानसिक असन्तुलन भएका व्यक्तिहरुको व्यवस्थापन लगायतका विषयमा छलफल भएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

पर्सा जिल्लामा रहेका १४ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्लाका सबै प्रहरी युनिटका प्रमुख तथा प्रतिनीधिको सहभागितामा कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment