Comments Add Comment

के पाँच दिनमै ‘गेम ओभर’ भएको हो रेस ३ को ? 

सलमान खान अभिनित बलिउड फिल्म रेस ३ प्रदर्शनको पाँचौ दिनमा आइपुग्दा बक्स अफिसमा कमजोर बनेको छ । सुरुका तीन दिनमा फिल्मले धुमधाम कमाई गरेको थियो ।

समिक्षकहरुको आलोचना र वर्ड अफ माउथ खराब रहेकाले फिल्मको व्यापार खस्केको हो । फिल्मलाई आम दर्शकले त मन पराएनन् नै, सलमानका फ्यानहरुसमेत निराश भए । कतिपयले यसलाई सलमानको अहिलेसम्मकै झुर फिल्मको संज्ञा दिएका छन् ।

सलमानको बलियो फ्यान फलोइङका कारण तीन दिनसम्म दर्शकहरु हलमा ओइरिएका थिए । पहिलो दिन फिल्मले २९ करोड, दोस्रो दिन ३८ करोड र तेस्रो दिन ३९ करोडभन्दा माथिको व्यापार गरेको थियो । चौंथो दिनमा एकाएक १४ करोडमा खुम्चिएको फिल्म पाचौं दिनमा ८ करोडमा सिमित भएको छ । यस हिसाबले फिल्मले पाँच दिनमा एक सय २८ करोड कमाएको छ । जबकि फिल्मको लागत एक सय ५० करोड बताइन्छ । यसको अर्थ फिल्मले अझै लागत उठाउन परिश्रम गर्नुपर्ने देखिन्छ ।

यदि २ सय करोडको आँकडा छोएको खन्डमा मात्रै यस फिल्मलाई ‘हिट’ मान्न सकिने विश्लेषकहरु बताउँछन् । तर, त्यो सम्भावना झिनो देखिएको छ ।

यसैबीच रेस ३ माथि भइरहेको आलोचनाका विषयमा नायक बबी देवलले मुख खोलेका छन् । उनले पत्रकारहरुसँग भने, ‘फिल्म खराब भएको भए सयौं करोड कसरी कमाउँथ्यो । सञ्चारमाध्यमहरुले पूर्वाग्रही टिप्पणी गरिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment