Comments Add Comment

श्रीदेवीको नाममा फ्लाइओभर नामाकरण गर्न खोज्दा लफडा

मुम्बईस्थित एउटा फ्लाइओभरलाई दिवंगत बलिउड अभिनेत्री श्रीदेवीको नामबाट नामाकरण गर्ने तयारी गरिएपछि विवाद उब्जिएको छ । स्थानीयहरुले कुनै हिरोइनको नामबाट फ्लाइओभर नामाकरण गर्नु नहुने भन्दै विरोध गरेका छन् ।

मुम्बईको अँधेरीस्थित एक फ्लाइओभरलाई श्रीदेवीको नाम दिने तयारी गरिएको हो । भारतीय जनता पार्टीका कर्पोरेटर योगीराज दाभाडकरले मेयरलाई पत्र लेखेर आग्रह गरेका थिए । मुम्बईको अँधेरी लोखन्डवाला कम्प्लेक्स नजिक रहेको फ्लाइओभरलाई ‘श्रीदेवी उडानपुल’ नाम राख्नुपर्ने उनको आग्रह थियो । यसबाट दिवंगत अभिनेत्रीको सम्मान हुने उनको विचार छ ।

तर, स्थानीय व्यक्तिहरु भने यसमा सहमत छैनन् । उनीहरुले कुनै व्यक्तिका नाममा फ्लाइओभर नामाकरण गर्नु नहुने भन्दै मेयरलाई काउन्टर पत्र लेखेका छन् । यदि मेयरले यसरी नामाकरण गरेमा आफूहरु सडकमा उत्रिने उनीहरुको चेतावनी छ । यस विषयमा मेयरको भने कुनै प्रतिक्रिया आएको छैन ।

एक जमानाकी प्रख्यात बलिउड अभिनेत्री श्रीदेवीको गत फेबु्रअरीमा दुबईमा मृत्यू भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment