Comments Add Comment

थ्री इडियट्सको सिक्वेल बन्ने, के दोहोरिएलान् आमिर खान ?

एक दशक अगाडिको ब्लकबस्टर बलिउड फिल्म थ्री इडियट्सको सिक्वेल बन्ने भएको छ । निर्देशक राजकुमार हिरानीले यसको पुष्टि गरेका हुन् ।

थ्री इडियट्स आमिर खानको उत्कृष्ट फिल्महरुमध्येमा पर्छ । फिल्मले व्यवसायिकरुपमा सफलताको किर्तिमान राखेको थियो भने समिक्षकहरुले पनि फिल्मको प्रशंसा गरेका थिए । अब यो फिल्मको सिक्वेल बन्ने भएपछि आमिरका फ्यानहरु पक्कै पनि उत्साहित हुनेछन् ।

तर, सिक्वेलमा आमिर नै हुनेछन् भन्ने पक्का चाहिँ छैन । खासमा फिल्मका कलाकारहरुको विषयमा गृहकार्य नै भएको छैन । निर्देशक हिरानीले बल्ल फिल्मको स्त्रिmप्टमा काम थालेका छन् । उनलाई अभिषेक जोशीले साथ दिइरहेका छन् ।

हिरानीको फिल्म ‘सञ्जु’ अर्को हप्ता प्रदर्शनमा आउँदैछ । उनी त्यसको प्रमोसनमा पनि व्यस्त छन् । साथै उनले मुन्नाभाई ३ बनाउने घोषणा यसअघि नै गरेका थिए । यस हिसाबले थ्री इडियट्सको सिक्वेलका लागि दर्शकहरुले केही समय प्रतिक्षा गर्नुपर्ने छ किनकी मुन्नाभाई पछि मात्र यो फिल्म फ्लोरमा जानेछ ।

थ्री इडियट्स चर्चित लेखक चेतन भगतको उपन्यासमा आधारित थियो । तर, यसको सिक्वेल भने मौलिक हुने हिरानीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment