Comments Add Comment

न्युजिल्याण्डको प्रधानमन्त्री जेसिकाले पहिलो सन्तानलाई जन्म दिइन्

७ असार, काठमाडौं । न्युजिल्याण्डको प्रधानमन्त्री जेसिन्डा एर्डेनले ३७ वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी छन् । यससँगै उनी पदमा रहेको बेला बच्चा जन्माउने न्युजिल्याण्डको पहिलो प्रधानमन्त्रीसमेत बनेकी छन् ।

प्रधानमन्त्री एर्डेन आफ्नो पार्टनर क्लार्क गेफोर्डको साथमा बिहीबार बिहान अकल्याण्ड सिटी हस्पिटलमा पुगेकी थिइन् । डाक्टरले दिएको डेटभन्दा चार दिन पछि बच्चा जन्माएकी एडेर्नले आफ्नो बच्चाको लिंग भने सार्जजनिक गरेकी छैनन् ।

३७ वर्षीया प्रधानमन्त्री बच्चा जन्माउन केहि अघिसम्म पनि आफ्नो कामहरु गरिरहेकी थिइन् । अब भने उनले सुत्केरी बिदा लिने अपेक्षा गरिएको डेलिमेलले जनाएको छ ।

बच्चा जन्माएपछि उनले भनेकी छन्, ‘सबै महिलाहरु सुपर वुमन हुनुपर्छ भन्ने गलत प्रभाव सिर्जना गर्न म चाहन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment