Comments Add Comment

छोरी भेट्न कुन्डसेन टिममेटले मिलाइदिए निजी विमान

काठमाडौं । डेनमार्कका खेलाडीहरुले डिफेण्डर जोन्स कुन्डसेनलाई घर पठाउन निजी विमानको व्यवस्था मिलाएका छन् ।

२५ वर्षीय डिफेण्डर हालै मात्र बाबु बनेका हुन् । उनकी पत्नी ट्रिनेले हालै मात्र छोरीलाई जन्म दिएकी हुन् ।

डाक्टरले दिएको समय भन्दा केही साता पहिले नै छोरीको जन्म भएको बीबीसीले जनाएको छ । छोरीको जन्म हुँदा कुन्डसेन भने विश्वकपका लागि रुस हिँडिसकेका थिए ।

त्यसैले उनलाई पत्नी र छोरीलाई भेटेर आउन खेलाडीहरुले नै निजी विमानको जोहो गरेका हुन् । ‘हामीले मानविय पक्ष पनि हेर्नुपर्छ’ डेनमार्कका गोलकिपर क्यास्पर स्माइकलले भनेका छन्, ‘टिममा धेरै बुबा छन् र हामीले सम्झनुपर्छ कि हामी फुटबलरसँग मानव हौं ।’

कुन्डसेनले छोरीलाई भेट्ने व्यवस्था मिलाउन जे सुकै गर्न तयार रहेको उनले बताएका छन् ।

डेनमार्कले विश्वकपको पहिलो खेलमा पेरुलाई १-० ले हराएको थियो । अब उसले आज बिहीबार अष्ट्रेलियासँग खेल्नेछ ।
कुन्डसेन भने सोमबार मात्र टिममा र्फकनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment