Comments Add Comment

उदितनारायण झाको घरमा करेन्ट लागेर मजदूरको मृत्यु

सप्तरी, ७ असार । प्रसिद्ध गायक उदितनारायण झाको घरमा निर्माणसम्बन्धी काम गर्ने एक जना भारतीय मजदूरको बिहीबार करेन्ट लागेर मृत्यु भएको छ ।

गायक झाको सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित घरमा निर्माण सम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर भारतीय मजदूरको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारतकको भटनिया निवासी २५ वषर्ीय सञ्जीतकुमार यादव छन् ।

नयाँ घरको निर्माण गर्ने क्रममा रड सिधा गर्न खोज्दा रड ३७ हजार भोल्ट भएको विद्युतीय तारमा छुन पुगेको थियो । रड विद्युतीय तारमा छोएलगत्तै करेन्ट लागेका उनलाई उपचारका लागि भारदह अस्पताल लगिए पनि बाटोमै मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल पठाउने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment