Comments Add Comment

मोहम्मदीको एक थ्रो, जसले एकाएक चर्चा पायो

काठमाडौं । विश्वकपको बुधबार राति भएको स्पेनसँगको खेलमा इरान १-० ले पराजित भयो । पहिलो हाफसम्म स्पेनले एकहोरो पेलेको खेलमा धेरै सम्झनलायक कुरा छैनन् ।

सम्झनामा आउने क्षणमध्ये एउटा भने रमाइलो छ ।  तर, त्यो क्षण इरानी डिफेन्डरले बल बचाउन खोज्दा डियगो कोस्टाको गोडामा ठोक्किएर जाली चुमेको निर्णायक गोल वा इरानी खेलाडी सइद इजातोलहीले गरेको अफसाइड गोलको भने होइन ।

बरु खेलमा इरानी डिफेन्डर मिलाद मोहम्मदीको विचित्रको थ्रो-इन गर्ने प्रयासको भने धेरै चर्चा भइरहेको छ । त्यस थ्रो-इनले कमेन्ट्री बक्समा मात्रै होइन, सामाजिक सञ्जालमा पनि धेरै चर्चा बटुलिरहेको छ ।

खेल अन्तिम समयतर्फ धकेलिँदै गर्दा इरानी टिमलाई सन् २०१० को विश्व विजेता स्पेनसँग बराबरी गर्न एक गोलको आवश्यकता थियो । उनीहरुले त्यो अवसर खोजिरहेका थिए र स्पेनको डि एरिया नजिकैबाट बल बाहिरियो ।

थ्रो-इन गर्ने अवसर इरानले पायो र त्यत्तिकैमा मोहम्मदीले मैदान बाहिर गएको बललाई थ्रो-इन गर्नको लागि टिपे । उनी थ्रो-इन गर्न पछाडि हटे र त्यसपछि बललाई चुमे र टाउको झुकाउँदै एक्रोब्याटिक शैलीमा थ्रो-इन गर्न अगाडि पल्टिए तर, उनले त्यसबेला बल फालेनन् ।

यो धेरै नै रमाइलो देखियो, त्यसपछि लाजले मुख रातो पार्दै उनी उठे र फेरि त्यसरी नै थ्रो-इन गर्ने प्रयास गर्न खोजे । तर, रेप|mीले त्यसो नगर्न भनेपछि उनले परम्परागत शैलीमै बल फाले ।

उनको यो विचित्रको थ्रो गर्ने प्रयास खेर जाँदा इरानलाई धेरै घाटा भयो । उनको असफल प्रयासले महत्वपूर्ण समय ३० सेकेण्ड गुम्यो साथै स्पेनी पक्षले आफूलाई सम्हाल्न भ्याए ।

यस्तो थ्रो-इन गर्ने टेक्निकलाई ‘सोमरसल्ट’ भनिन्छ र थोरैमात्रै खेलाडी यस्तो थ्रो-इन गर्नमा पारंगत हुन्छन् ।

यो थ्रो हेर्दा मात्रै आकर्षक हुँदैन यसले बलको गति पनि बढाउँछ ।

न्युक्यासल युनाइटेड क्लबका महान खेलाडी स्टिभ वाट्सन आफ्नो समयमा यसखालको कलात्मक थ्रो-इन गर्न प्रसिद्ध थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment