Comments Add Comment

सेफ हाउस नहुँदा समस्या, बेवारिसे महिला दुई सातादेखि प्रहरी कार्यालयमा

७ असार, सप्तरी । देशमा संघीयता लागू हुनु अघिसम्म महिला तथा बालबालिका कार्यालय थियो । यो कार्यालयले महिला तथा बालबालिकाको हकमा बिभिन्न गतिविधि गर्दै आएको थियो । सोही कार्यालयको मातहतमा महिला सेफ हाउसको संरचना पनि थियो ।

अन्यायमा परेका, बलात्कृत, बेसहारा महिला तथा बालिकालाई राख्ने सुरक्षित स्थलको रुपमा सेफ हाउस थियो । तर, महिला तथा बालबालिका कार्यालय हटाइएसँगै सेफ हाउसको संरचना पनि हटेको छ । यो संरचना हटेपछि बेसहारा र अन्यायमा परेका महिलालाई राख्न समस्या भएको छ ।

यसको ज्वलन्त उदाहरण बनेकी छन् एक जना बेवारिसे महिला । सप्तरी प्रहरीले वेवारिसे अवस्थामा फेला पारेको ती महिला सुस्त मनस्थितिकी छन् । नाम, ठेगाना केही थाहा छैन् ।

प्रहरीले दुई साताअघि नै उनलाई फेला पारेर जिल्ला प्रहरी कार्यालयमा संरक्षण दिएर राखेको छ ।

दुई सातासम्म राखेपनि उनको आफन्त फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । हालसम्म आफन्त फेला पर्न सकेका छैनन् प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले भने, दुई सातासम्म हामीले राखिरहेका छौं । अब उसको हेरविचार गर्ने कि आफ्नो दायित्व निर्वाह गर्ने ?

सुस्त मनस्थितीकी करिब २५ वर्षीया ती महिला रुपनी-राजविराज सडक खण्ड अन्तर्गत राजविराजबाट फेला परेकी थिइन् । उनलाई अहिले उपचारको खाँचो देखिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रमुख एसपी मुकेश सिंहले यस्ता महिलाहरु पहिला फेला पर्दा सेफ हाउसले संरक्षण दिदैं आएपनि अहिले नहुँँदा समस्या भइरहेको बताए ।

उनले जिल्ला प्रहरी कार्यालयमा स्थानको अभाव, हेरविचार गर्ने जनशक्ति र स्वास्थ्य अवस्थाका कारण महिलालाई राख्न समस्या भएको बताए ।

प्रहरी उपरीक्षक सिंहले यो महिला मात्र नभइ कहिलेकाँही अन्यामा परेका र अन्य वेसहारा महिलालाई राख्न पनि सेफ हाउसको आवश्यक्ता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment