Comments Add Comment

सिप्रदीले मनायो देशका ९ शहरमा योग दिवस

७ असार, काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि, सिप्रदियन सहायता संस्था र टाटा मोटर्सले नेपालका प्रमुख ९ शहरमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विशेष कार्यक्रम गरेका छन् ।

उक्त कार्यक्रममा सिप्रदीका विभिन्न तहका अधिकारीसहित क्षेत्रीय प्रमुखहरु, सञ्चारकर्मी र ग्राहकहरु गरी सयौं सहभागी थिए ।

सिप्रदीका निर्देशक शम्भुप्रसाद दाहालले योग दिवसको कार्यक्रममा युवा सहभागिताबाट आफू खुशी भएको बताए । उनले योगले मानिसको शरीर आत्मा र दिमागलाई तेज बनाउने भन्दै योग दिवस विशेष कार्यक्रम सञ्चालन गर्न पाएकोमा खुशी व्यक्त गरे ।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सिप्रदीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत दोस्रो वर्ष योग दिवसको कार्यक्रम गरेको बताए ।

सिप्रदीले आफ्ना स्तरीय सेवा र विभिन्न उपयोगी सामाजिक गतिविधिबाट ग्राहकलाई पहिलो स्थानमा राख्दै आएको जनाएको छ ।

३७ वर्षदेखि नेपालमा अटोमोटिभ, उर्जा, लुब्रिकेन्ट, वित्तीय सेवालगायतको क्षेत्रमा सेवा दिँदै आएको सिप्रदीका ७ सय ५० जना कर्मचारी र ६५० जना सपोर्ट स्टाफ रहेका छन् । त्यस्तै सिप्रदीयन सहायता संस्था भने गैर नाफामुलक संस्थाको रुपमा सुन् २०१२ देखि सञ्चालनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment