Comments Add Comment

पियोन सिस्टो

सन् २००५ देखि डेनमार्कको राष्ट्रिय टिममा रहेका पियोन सिस्टोले १२ खेलमा १ गोल मात्रै गरे पनि उनी क्षमतावान खेलाडी हुन् ।

विङ्गरको रुपमा स्पेनिस क्लब सेल्टा डी भिगोबाट व्यावसायिक फुटबल खेल्ने उनले सन् २०१७/१८ को सिजन ३६ खेलमा ५ गोल गरेका थिए । १० गोलका लागि अवसर मिलाएका थिए ।

पानामासँगको मैत्रीपूर्ण खेलमा ७० औँ मिनेटमा सिस्टोले गरेको उत्कृष्ट गोलको निकै तारिफ भएको थियो । जसको मद्धतमा डेनमार्क १-० ले विजयी भयो । जितमात्रै होइन, खेलपछि डेनमार्क टिमका उदाउँदा स्टारको पनि कुरा भयो ।

सिस्टो दक्षिण सुडानी आमाबुवाबाट युगान्डामा जन्मिएका हुन् । उनी खेलमा आउने जस्तोसुकै परिस्थितिबाट पछि हट्दैनन् । अन्तिम समयसम्म उस्तै स्टामिनाका साथ खेल्न सक्नु उनको विशेषता नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment