Comments Add Comment

क्रिष्टियन क्युभा

३६ वर्षपछि विश्वकपमा फर्किएको पेरुका लागि डिफेन्सिभ मिडफिल्डर क्रिष्टियन क्युभा महत्वपूर्ण छन् ।

सन् २०११ देखि पेरुको टिममा रहेका उनले ४४ खेलमा ८ गोल गरेका छन् । त्यो सँगै गोलको अवसर सिर्जना गर्न पनि उनी चिनिन्छन् । टिमका लागि खेल मिलाउने उनको भूमिका प्रमुख छ ।

अहिले आफ्नो करिअरकै उच्च लयमा रहेका २६ वर्षे क्युभाको भूमिका पेरुलाई विश्वकपमा छनोट गराउँदा पनि देखिएको थियो ।

क्लब फुटबलमा ब्राजिलको साओ पाउलोबाट व्यावसायिक फुटबल खेल्ने उनले क्लबका लागि ५२ खेलमा ९ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment