Comments Add Comment

अनुपविक्रमले वर्षा र मालालाई ‘पुरानो बुलेट’मा चढाउने !

नायक अनुपविक्रम शाहीको प्रमुख भूमिकामा चलचित्र ‘पुरानो बुलेट’ को घोषणा गरिएको छ । चलचित्रमा अनुपका साथ नायिकाद्वय वर्षा सिवाकोटी र माला लिम्बु अनुवन्धित भएका छन् ।

बिहिबार राजाधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको औपचारिक घोषणा गरियो । भिषण राईको निर्देशनमा यो फिल्म बन्न लागेको हो । १ करोडको लागतमा निर्माण हुने यो फिल्मको छायांकन असार १५ गतेबाट सुरु हुनेछ । चलचित्रको छायाँंकन पूर्वाञ्चलका विभिन्न जिल्लाहरुमा हुने निर्देशक राईले जानकारी दिए । आउँदो मसिंरमा चलचित्र रिलिज गरिने लक्ष्य छ ।

चलचित्रमा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणि दवाडी, दिवज राई लगायतका कलाकारहरुको पनि अभिनय रहने छ । क्रेजी इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मलाई दिपेन्द्र लिम्बु, वीरेन साम्बा, टिकाराम राई र अशोक साम्पाङ राईले निर्माण गर्ने छन् भने कार्यकारी निर्मातामा सन्तोष राई छन् । भिषण राई र सन्तोष राईको कथा रहेको चलचित्रमा हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बुको संगीत, राजेशपायल राई, जयन जे. वाइबा र उत्तम जंग लिम्बुको गायन रहनेछ ।

घोषणा कार्यक्रममा नायिका वर्षाले आफू जन्मिएको ठाउँ मोरङमा चलचित्रको सुटिङ हुने कुराले दंग भएको बताइन् । नायक अनुप र नायिका मालाले पनि चलचित्रमा जोडिन पाएकोमा खुशी व्यक्त गरे ।

अनुपविक्रमको कुरा गर्दा पछिल्लो समय उनको व्यस्तता लोभलाग्दो रुपमा बढिरहेको देखिन्छ । उनी अभिनित चलचित्र वीरंगना प्रदर्शनको तयारीमा छ भने जय भोले, जायरा र निर्माणाधिन छन् । नायक र खलनायक दुवै भूमिकामा उनी जमिरहेका छन् ।

नायिका वर्षाको करिअरले पछि बिस्तारै गति लिन थालेको छ । माला लिम्बु भने ‘पर्व’को ‘काले दाई’ गीतबाट चिनिए पनि खासै चर्चामा छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment