Comments Add Comment

गौरीफन्टामा क्वारेन्टाइन चेकपोष्ट राखिने

७ असार, कैलाली । भारत सरकारले प्रदेश नम्बर सातको मुख्य व्यापारिक नाका गौरीफन्टा नाकामा क्वारेन्टाइन चेकपोष्ट राख्ने भएको छ ।

उसले गौरीफन्टासंगै जोडिएको भित्तामोडमा एक साता भित्र क्वारेन्टाईन चेक पोष्ट स्थापना गर्ने जनाएको छ ।

गौरीफन्टा नाकामा भारत सरकारले क्वारेन्टाइन चेकपोष्ट स्थापना गर्ने खबरले प्रदेश ७ का उद्योगी व्यवसायीहरु भने निकै उत्साही भएका छन् । उनीहरुले क्वारेन्टाइन चेकपोष्ट स्थापना हुनु अत्यन्त सुखद खवर भएको बताएका छन् ।

गौरीफन्टा नाकामा क्वारेन्टाइन चेकपोष्ट नहुदा प्रदेश ७ का उद्योगी तथा यहाँका कृषकहरुले कृषि उत्पादन तथा यहाँबाट भारत निर्यात गर्ने बस्तुहरु नेपालगञ्ज भएर पठाउनु पर्दा ढुवानी मूल्य चर्को व्यहोर्नु पर्ने झञ्झटले निकै दुःख भोग्दै आइरहेका थिए ।

गौरीफन्टा नाकामा क्वारेन्टाइन चेकपोष्ट स्थापनाले कृषिजन्य उत्पादन निर्यातमा सहज त हुने नै छ साथै किसानले कृषि उत्पादनको उचित मूल्य पाउनेछन् र उद्योगीहरुको समय र ढुवानीमा समेत बचत हुनेछ, बरिष्ठ उद्योगपति ओम प्रकाश अग्रवालले भने, क्वारेन्टाइन चेकपोष्ट नहुँदा प्रदेश ७ अहिलेसम्म प्रदेश ५ को नाकामा निर्भर थियो ।

गौरीफन्टामा क्वारेन्टाइन चेकपोष्टको स्थापनाले प्रदेश ७ को अन्य प्रदेशमाथिको निर्भरताको अन्त्य भएको छ ।

यसअघि गौरीफन्टा नाकामा क्वारेन्टाईन चेक पोष्ट नहुँदा पहाडबाट आउने अदुवा, जडिबुटी, कृषि जन्य अन्य उत्पादनहरु नेपालगञ्ज नाका भएर भारत निर्यात हुने गरेको थियो ।

नेपाल भारत मैत्रीसंघका अध्यक्ष एवं ठाकुर एग्रो इण्डष्ट्रिजका सञ्चालक हरीशंकर ठाकुरले भारतले गौरीफन्टा नाकामा क्वारेन्टाईन चेकपोष्ट राख्नु स्वागत योग्य कदम भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment