Comments Add Comment

कसरी लडाकु महारानी बनिन् निश्मा ?


निश्मा घिमिरे लगभग पलायन भैसकेकी नायिकाको नाम हो । ‘नाइँ नभन्नु ल’ सिरिजका निर्देशक विकास आचार्यको चलचित्र ‘रिदम’बाट पर्दापण भएकी निश्माले त्यसपछि केही चलचित्र खेलिन्, जुन चलेनन् ।

नृत्यमा पारंगत निश्मा घिमिरे यतिबेला कोरियोग्राफर गम्भिर बिष्टसँग चार महिनाअघि विवाह गरेर वैवाहिक जीवन बिताइरहेकी छिन् । नृत्य प्रशिक्षक समेत रहेकी निश्मालाई भोलिबाट तीन साता लडाकु महारानी राजेन्द्रलक्ष्मीको रुपमा मञ्चमा देखाइने छ । इतिहास अनुसार महारानी राराजेन्द्रराज्य लक्ष्मीले सन् १७७७ मा राजमाताका रुपमा शासनभार सम्हालेकी थिईन् भने सन् १७७८ मा उनलाई बन्दी बनाईएको थियो ।

१७७९ मा उनलाई रिहा गरिएपछि उनी सन् १७८५ सम्म नेपालकी नायबी शासक रहेकी थिईन् । त्यस समयावधिमा राजेन्ऽराज्य लक्ष्मीको नेतृत्वमा सैनिक अभियान अन्तरगत कास्की, तनहुँ र लमजुङका राज्यहरु नेपाल राज्यमा मिलाईएका थिए । महारानी राजेन्द्रराज्य लक्ष्मीले चौबीसे राज्यको संयुक्त आक्रमणलाई विफल तुल्याउँदै नेपालको सिमाना कालीगण्डकी सम्म पुर्याएकी थिईन् । उनीलाई पृथ्वी नारायण शाहको एकीकरण अभियान अघि बढाउने कुशल प्रशासकका रुपमा हेरिन्छ ।

राजेन्द्रलक्ष्मीलाई नेपालकी प्रथम वीराङ्गना मानिन्छ । बहादुर शाहलाई पतन गराउन पनि उनको हात रहेको थियो ।
उनी लडाकु महारानी राजेन्द्रलक्ष्मीको जीवनमा आधारित ऐतिहासिक नृत्यनाटिका ‘राजेन्द्रलक्ष्मी’मा निश्मा शीर्ष  भूमिकामा छिन् । नाटक भोली शुक्रबारदेखि तीनसाता अनामनगरस्थित मण्डला थियटरमा मञ्चन हुनेछ, जसका निर्देशक नम्रता केसी हुन् ।

तस्वीर  : निष्मा घिमिरेकेा फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment